पहिलो महिला शाखा प्रबन्धक कल्पना भन्छिन-मेहनत गरे अवसरले पच्छ्याउछ ।

नेपालकै पुरानो बैकबाट बैङ्किङ करियर सुरु गरेकी उनले सोही बैकको दमौली शाखामा पहिलो महिला शाखा प्रवन्धकको जिम्मेवारी सम्हाल्ने अवसर समेत जुरेको छ । सरकारी विद्यालयमा अध्ययन गरेकी उनले सरकारी अनुभव बाहेक नीजि क्षेत्रमा काम गर्नुपर्ने बाध्यता नै बनेन । भर्खरै बैकिङमा आफ्नो भविष्य खोजेका विद्यार्थीहरुलाई शाखा प्रवन्धक कल्पना मेहनत गर्न सुझाव दिन्छिन् । ‘भाग्य बनाउनको लागि मेहनत नै गर्नुपर्ने उनी भन्छिन्, ‘महेनत गरेको खण्डमा अवसरहरु आफ्नो पछि लागेर आउछ । आफु महिला भएपनि महिलाको रुपमा नहेरी शाखा प्रवन्धकको रुपमा जिम्मेवारी सम्हालेको उनको बुझाई छ । ‘सेवाग्राहीहरुको व्यवहारले पनि आँफु बैकका अन्य शाखा प्रमुख भन्दा कम नभएको जस्तो लाग्छ,’ उनि सुनाउछिन् ।

बैक शाखा निकै भिड हुने भएको कारण मोबाइल बैंकिङलाई विशेष प्रथामिकता दिएको सुनार बताउछिन् । त्यस्तै एटिएमबाट समेत ग्राहकहरुले सेवा लिएर भिडभाडलाई कम गर्न कल्पना प्रयात्नशिल छन् । १२ जना कर्मचारीले कार्यालयका साथै मालपोत र राजश्व कार्यालयमा रहेको एक्टेन्सन काउन्टर मार्फत समेत संचालन गर्दै आएको उनले बताइन । ग्राहक सेवाको बारेमा निकै जानकार सरल स्वभावकी उनले गुणस्तरीय सेवा प्रदान गरेपछि सेवाग्राहीहरु समेत सन्तुष्ट छन् । २०६९ मा नेपाल बैंकको वरिष्ठ सहायकबाट सेवा सुरु गरेकी उनले २०७१ सालमा सहायक प्रबन्धक हुँदै २०७५ बाट प्रबन्धकको जिम्मेबारी पाएकी हुन ।

आफ्नो प्रेरणको स्रोत स्वर्गिय बुवा अमृत विश्वकर्मा र उनकी आमा चिजा विश्वकर्मा हुन् । वुवाले स्नातकोत्तर सम्मको अध्ययन गरेपनि आमाले अध्ययन नै नगरेपनि आफुँहरुका ४ दिदिबहिनीलाई पढ्नको लागि आमाले सधै प्रेरणा दिएको उनलाई स्मरण छ । निजी बैंकहरु भन्दा कुनै पनि रुपमा कम हुने अवस्था छैन् राम्रो सेवा दिएको उनको अनुभव छ । बैंकमा रहेको जनशक्तिले इमान्दारिता, अनुशासन र लगनशिलता परिचालन गर्दै आएकाले पनि उक्त बैंकले ग्राहकहरुको मन जित्न सफल भएको उनी बताउछिन । ‘दमौली शाखामा जति बस्छु सेवाग्राहीहरुको हितमा हुने गरी काम गर्छु,’ उनले भनिन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.