‘मानहुँका वारे केही कुरा’

भगवान वेद व्यासजीको जन्म समय अगावै पराशर ऋषिले मनहुँ कोटमा तपश्या गरी वसेका थिए र त्यतिवेला ऋषिलाई गाँउलेका मनोकाङक्षा पूरा गरि दिएका हुदाँ सिद्धवावा पनि भन्दा रहेछन् । उनीले अनन्ती कुवामा पानी खाने, चित्र आओडाहारमा पनि वस्ने गर्देथे भन्ने वुढा पाकाको म्विन्ति सुनिछ । विशेषगरि मानुहुँलाइृ सातसय मानहुँ पनि भन्ने गरिनछ । यसकोपूर्वमा मादी सेती दोभान, पशिचममा उमाचोक, वहपुर, उत्तरमा साागे फाँट र दिक्षिणमा सेती नदीभिलाई सात सय माानहुँ भन्ने गरिन्थ्यो । मानहुँको मौलोमा त्यति सवैका घर घर वाट पूजा गर्ने चलन थियो । त्यस पूजाका निमित्त सददर्म वंम नैवेद्ध जुटाउन दुई जना वास्टे (पुजारी) व्रतालुहरु भोको वसी कसैसँग नवोली जसको वारीमा जे जस्तो फलफूल पाईन्छ उखु, मुला, मेवा आदि लिएर जान्थे तर कसैले केही भन्न पाईन्नथ्यो । हामी साना साना हुदाँ देखेको हो ।
मानुँह डाँडामा सवै जातजाितको पाली बलेसी आँगन जोडिएर वसेका वस्तीमा मग, ब्राह्मण, नेवार र दलित वर्ग सवै एउटै कुवाम पानी खाएर सवै जाति पर्व परम्पामा सँगै मनाएर रमाईलो गरि वसेको वस्ती हो । अनन्त कुवा, धारदी, कल्सेङदी कुवा यहाँको पौराणिक कुवा हुन् । कोट देउराली, चारघरे, छपथोक, धारदी, टाक्राङ मानुङमा पर्छ भने वरच्याङ जोडिएको गाँउ हो ।
“मानहुँको सरी गाँउ सत्तम ठेलो लागेन काही पनि
देख्नालाई रमाईलो अति चिसो आउने हावा पनि
घरमा नै बसी फेर हिमालयजीको वाराहीजीको पनि
दक्षिण शुक्ला नदी उत्तर दिशा महेन्दी दर्शन पनि”
– आदिकवि भानुभक्त आचार्य मानहुँ आउँदा रचित कविता ।
सत्तधर खनालका छोरा रामोपाध्यायले कर्मकाण्डका प्रचलित पुस्तकहरु अग्निस्थापना, व्रतवन्ध, विवाह मुहुर्त, अन्त्य पद्धती जस्ता धेरै पुस्तकहरु लेखेका रहेछन् । आदिकववि भानुभक्त आचार्यले मानहुा ससुरालीमा वसेर रामायण लेखन अगाडी वढाउनु भयो चजे सरदार यदुनाथ खनाल मानहुँमा नै जन्मेर हुर्केर आफुलाई अध्ययनमा अव्वल वनाएर मुक्ति संचय, समालोचनाका सिद्धान्त आदि नेपाली, सस्कउपत । अग्रेजीमा धेरै पुस्तकहरु लेखेर नेपालको परराष्टविदका रुपमा नेपाललाई चिनाउने काम गर्नुभएको छ ।
(१) सास्कृतिक पक्ष – नेपालमा धेरै जनजातिहरु वस्ने जिल्ला तनहुँ हो । त्यसमा मानहुँ सास्कृतिक रुपमा धनि छ । मगर समुदायमा पहिचान का रुपमा रहेको कौराको उद्गम स्थल मानहुँ हो भनिएको छ । कौरा, चुड्का, वालन, झाउरे र पाउँदुरे यहाँको मौलिक नृत्यहरु हुन् ।
(२) धार्मिक पक्ष – पराशर ऋषिको तपोमूमि, व्यासजीको जन्मभूमि, मादी र सेती नदिको सङम वेनीलाई उत्तरगया भनेर हरिद्धाराभन्दा पवित्र मानिन्छ । यहाँको माटो अर्थात यस पुन्य भूमिको माटोको तिलक लगाएमा मोक्ष मिल्दछ । यसैले मानहुँ शिरलाई महतवका साथ मनन गरिन्छ ।
(३) पर्यटकिय पक्ष – संसारमा विरलै यस्ता ठाँउहरु होलान् जुन डाँडाको फेदीदेखि टुप्पासम्म पुग्दा झलल हिमाल हेर्ने जान सकिन्छ । व्यास नपा ५ चापाघाट देखि उकालो लाग्दै गर्दा मोटरमा १५ ÷ २० मिनेटमा डाँडाको टुप्पामा नै पुगिनछ । त्यहाँवाट अन्नपूर्ण रेन्जका सवै हिमालहरु, लमजुङ हिमाल, पुर्वमा गोरखा, धादिङ, गणेश हिमाल छर्लङग देख्न पाँउदा मन मुटु यति फराकिलो हुन्छकी आनन्दको सीमा नै रहँदैन । त्यहाँवाट पोखरा, लमजुङ गोरखा यता छिम्केश्वरी, काहुँ, रिसिङ, देवचुली, वर्चुलीको विचमा मानहुँमा वसेर नजर घुमाई घुमाई हेरेर आनन्द लिनका लागि मानहुँ जानै पर्दछ । बिहानको सूर्योदय हेर्नका लागि सायद मानहुँ पहिलो रमणीय स्थान हो। बिहानको मिर्मिरे उज्यालोमा पूर्वतर्फ हजारौ रङहरु छिरलिँदै छिरलिदै आईरहेका छन्, सेकेयड सेकेण्डमा अझै रमाईलो थपिदैछ । हिमालमा थुप्रै थुप्रै रङहरु देखिदै छन् । काहुँ र रिसिङ डाँडा पारी रङहरुको ईन्द्रणीका काँठेहरु अव सुर्य कुन ठाँउवाट निस्कन्छन, कौतुहल छ । प्रकृतिमा कति धरेै रङहरु हुँदा रहेछन् देखिई रहेको छ । वरपरका वस्तीलाई म आउँदै छु है भन्ने सङकेत र सन्देश गर्न विवाहमा जन्तीलृ भर्खर पठाएको जस्तो प्राकृतिक सौन्दर्यको कोसेली सुर्यनारायणले पठाईरहेका छन् । टक्क सुर्योदय भयो । कुहिरोको ताल मुन्तिर पातालमा दमौली वजार फेवाताल भन्दा ठुलो देखिने कुहिरोको तालमाजिहिमाल ताल हिमाल माथि सुर्योदयका ईन्द्रेणीका रङहरु फैलिदा युवायुवती मात्र नभई सवै उमेर समुदायका मानिसहरुलाई लटारिन मन लाग्छ । नाच्न मन लाग्छ । यहाँ एकै दिन ८-१० हजार मान्छे सम्म जाने गरेको पाईन्छ ।
(४) शैक्षिक पक्ष – भगवान वेद व्यासजी वेद शास्त्रको लेखन यहीवाट शुरुवात भयो भन्ने पनि मत भेटिए । यस ठाँउमा बसेर ध्यान गर्दा योगी, लेखक, कवि वनेका कुरा उल्लेख गरि सकियो । यस ठाँउमा स्कुल, कलेज, विश्वविद्यालयहरु संचालन गर्न सकिने र शिक्षाको निमित्त उपयुक्त वातावरण भएको देखि हालैमा वेदव्यासजीको नाउँमा वैदिक विश्वविद्यालय स्थापना गर्नका लागि अध्ययन भईरहेको छ ।
(५) अर्गानिक कृषि – लोप्ता डाँडा पर्यटन मार्गमा पर्ने बस्तीहरुको उत्तरी पाटाहरुमा सुन्तला, कागती, निवुवा र दक्षिणी पाटामा व्यवसायिक खेती तथा बाख्रापालनलाई उपयुक्त रहेको छ ।
(६) वुढ्याई व्यवस्थापन पक्ष – मानहुँ डाँडामा सूर्योदयदेखि सूर्यास्तसम्म घाम लाग्दछ । ८०० मिटर देखी १००० मिटर उचाईको, ठाँउ कुहिरो नलाग्ने, तुसारो पर्ने हुँदा बुढेसकाल जाडोमा पहारिलो घाम र गर्मीमा पंखा विनाको तिलता, हावा चलिरहने हुँदा यो टहलिदै गर्दा रोग पनि कम लाग्ने, त्यसैले मानहुँ युवाकालको लागि मनोरंन्जन र बेढेसकालका लागि आराम वस्ती हुन सक्ने देखिन्छ । माथि कथमंकदाचित अफठ्यारो परेमा राष्ट्रिय राजमार्गसँग जोडिएकोले तत्काल हरेक सुविधालाई पु¥याउन सकिने भएर होला मानहुँ डाँडा “भाईरल डाँडा” वन्दै गएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.