सत्ता गठबन्धन लोकतान्त्रिक पद्धति र संविधानको मर्मविपरीत- केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन लोकतान्त्रिक पद्धति र संविधानको मर्मविपरीतको खेलमा लागेको बताउनुभएको छ । नेकपा एमाले कोशी प्रदेश संगठन कमिटीको सातौँ पूर्ण बैठकलाई आज विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले नाम लोकतन्त्रको जप्ने, काम लोकतन्त्र विरुद्धको गर्ने गरेको बताउनुभयो ।

पहिचानको नाममा कोशी प्रदेशमा हिंसा भडकाउने र सत्ता कब्जा गर्ने षडयन्त्रमा सत्ता गठबन्धन लागेको छ। पहिचानको नाममा राजनीति गर्दा एमालेविरुद्ध माहौल बनाउन सकिन्छ कि भन्ने सोच उनीहरूको भएको अध्यक्ष ओलीको भनाई छ । नेपाली समाज मिलेर बसेको र मिलेर बस्ने नेपाली भाइ–भाइलाई लडाएर ताली बजाउनेलाई मौका दिन नहुने बताउदै उहाँले‘दाजु–भाइ दाजु–भाइ लड्ने, अनि दर्शक भएर बस्नेहरू चाहिँ ताली बजाउने र त्यो स्थिति आउन दिनु हुँदैन’भन्नुभयो ।

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको छ। सबै जातजाति मधेशी, दलित, थारु, लिम्बुवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाई छ । देश नेपालीले नै बनाउनु पर्ने बताउँदै आलीले अरूले आएर नबनाइदिने बताउनुभयो । अरूले गरिदेला हामी पाउँला र खाउँला भन्ने आस गरेर बस्न नहुने उहाँको भनाइ छ । एमालेका नेता कार्यकर्ता अब राजनीतिक अभियानमा मात्र होइन आर्थिक र सामाजिक विकासको अभियानमा पनि लाग्नु पर्ने उहाँको भनाई छ।

अध्यक्ष ओलीले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताउनुभयो । तर उहाँले पार्टीको राजनीतिमा आउने बारेमा हालसम्म कुनै कुरा नगर्नुभएको पनि अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.