जिआर ईलोक्ट्रोनिक्स सप्लायर्सले नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई वाटर प्युरिफायर सहयोग गरेको छ । लामो समयदेखि ईलोक्ट्रोनिक्स व्यवसाय संचालन गर्दे आएको जिआर ईलोक्ट्रोनिक्स सप्लायर्सले आफनो छैटौ वार्षिकोत्सवको अवसरमा महासंघलाई पानी शुद्धिकरणका लागी वाटर प्युरिफायर सहयोग गरेको हो ।
सहयोग समाग्री वुझदै महासंघको अध्यक्ष उज्जल पौडेलले सप्लायर्सले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । व्यवसायिक संस्थावाट महासंघलाई सहयोग हुदाँ संस्थालाई थप राहत मिलेको अध्यक्ष पौडेलले वताए ।








