Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको जिल्ला स्तरीय प्रशिक्षण हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको जिल्ला स्तरीय प्रशिक्षण हुने


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

श्रावण २५ र २६ गते पार्टी र जनप्रतिनिधीको वीचमा अन्तरक्रियात्मक कार्यक्रम समेत गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको जिल्ला स्तरीय प्रशिक्षण हुने भएको छ । पार्टीको विचार, सिद्धान्त र पार्टीले अवलम्वन गरेको निती कार्यक्रम कार्यकर्ता स्तरसम्म पुरयाउन प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी अध्यक्ष हरिराज कडेलले जानकारी दिए ।
पार्टीका उपमहासचिव एवं पार्टी संगठन विभाग प्रमुख प्रदिप ज्ञवालीले प्रशिक्षण दिने सो कार्यक्रम श्रावण १९,२० र २१ गते जिल्ला पार्टी कार्यलमा हुनेछ । पार्टी जिल्ला पदाधिकारी, सदस्य, लेखा कमिटी, अनुशासन आयोग लगायतको सदस्यहरुको सहभागी हुने सो प्रशिक्षण कार्यक्रममा अन्य नेताहरुले समेत प्रशिक्षण दिने छन् ।
यसैगरि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले पार्टी र जनप्रतिनिधीको वीचमा अन्तरक्रियात्मक कार्यक्रम समेत गर्ने भएको छ । यहि श्रावण २५ र २६ गते हुने अन्तरक्रियात्मक कार्यक्रममा पार्टीको तर्फवाट स्थानिय तहमा प्रतिनिधित्व गर्ने वडाध्यक्ष, कार्यपालिका सदस्य, गाँउ तथा नगरपालिका अध्यक्ष उपाध्यक्ष लगायतको उपस्थिती रहने जिल्ला पार्टीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.