तनहुँ अटो मार्टको शुभारम्भ


तनहुँको सदरमुकाम दमौलीमा तनहुँ अटो मार्टको शुभारम्भ भएको छ । मोरङ्ग अटो वर्कसको आधिकारिक विक्रेता रहेको तनहुँ अटो मार्टले तनहुँ लमजुङ्ग र गोर्खामा सेवा दिनेछ ।
सेल्स, सर्भिश र स्पेयर पार्टसको सेवा दिने मार्टले दशै, तिहार तथा चाडपर्वको अवसरमा ६ हजारदेखी १० लाख सम्मको छुट प्राप्त गर्न सकिने अटो मार्टका संचालक ओमराज श्रेष्ठले वताउनुभयो । मोटरसाईकल खरिद गर्दा अनलाईन मार्फत भर्दा क्यास छुटको सुविधा रहेको छ ।
४ वटा मोडलको मोटरसाईकलको खरिदमा ० प्रतिशत किस्तावन्दीको सेवा रहेको छ भने अन्य मोडेलमा ४० प्रतिशत डाउनपेमेन्ट गरि मोटरसाईकल किस्तावन्दीमा खरिद गर्न सकिनेछ ।


यामाहा कम्पनिको १५ वटा मोडलको वाईक तथा स्कुटर रहेको अटो मार्ट १ करोड लगानीमा संचालन गरिएको संचालक श्रेष्ठले वताए ।
स्पट फाईनान्स र एक्सचेन्जको सुविधा रहेको अटो मार्टमा एफ आई ईन्जिनमा १० वर्षको वारेन्टी रहेको छ भने मोटरसाईकल खरिदमा फ्रि हेल्मेट र लेगार्ड पाईनेछ

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.