गुरुङ दम्पतीद्धारा विद्यालय र गुम्बामा सहयोग


यहाँ लमजुङ सुन्दरबजार नगरपालिका ९ का क्याप्टेन खरजंग गुरुङ र उहाँको श्रीमती वर्तकाशी गुरुङले विद्यालय, गुम्बा, संगठन लगायतलाई आर्थिक सहयोग गरेको छ । गुरुङ दमपत्तीले यहाँका तीन विद्यालय र एक गुम्बालाई गरी ४ लाख ९७ हजार २२० रुपैयाँ एक कार्यक्रमका बीच सहयोग गरेको हो ।
 विद्यालयमा अक्षयकोष स्थापनाका लागि प्रत्येक विद्यालयलाई ७५ हजार ५ सय ५५ रुपैयाँ, समुता गुम्बालाई समुँता गुम्बामा अक्षयकोष स्थापनाका लागि ७५ हजार रुपैयाँ र भोटेवडार पुस्तकलायमा अक्षयकोष स्थापनाका लागि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । सो दम्पतीले सुन्दरबजार ९ मा रहेको भारती सदन माध्यमिक, भविश्य निर्माण माध्यमिक र दुधपोखरी गाउँपालिका ६ गौँडामा रहेको ओखरी माध्यामिक विद्यालयमा अक्षय कोष स्थापनाका लागि सो रकम सहयोग गरेको सहयोग दाता खरजंगले बताउनुभयो ।

विद्यालयमा स्थापना गरिएको उक्त अक्षयकोषबाट आएको व्याज गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उहाँको भनाई छ । त्यस्तै, डाँडाथोक तमु समाजको भवन निर्माणका लागि १ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । सुन्दरबजार ९ भोटेवडार स्थित समुता तमु समाजकाको भवन निर्माणमा ५० हजार रुपैयाँ
र भोटेवडार स्थित भुतपुर्व संैनिक संगठलाई व्याण्डमिन्टन खेल सञ्चालनका लागि ५ हजार रुपैयाँ सहयोग गरेको छ । दम्मत्ती गुरुङले विभिन्न विद्यालय, गुम्बा र संगठनका अध्यक्षलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै

नेल्टा तनहुँको छैठौं साधारण सभा एवं अन्तराष्ट्रिय सम्मेलनका अनुभवहरु आदानप्रदान सम्पन्न

वरिष्ठ गजलकार तथा गायक श्री प्रदिप रोदन र राज सिग्देलले लायन्स गजल साँझमा प्रस्तृति दिने

पशुपति शर्मा र प्रीति आलेले झुमाए दर्शक

नेपाल उत्पीडित जातिय मुक्ति समाज व्यास नगर समितीको दोश्रो अधिवेशन माघ ४ मा

व्यास नगरपालिकाले फाल्गुण ७ गते साँस्कृतिक महोत्सव गर्ने

केपी ओली र एमाले विरुद्ध देशी बिदेशी शक्ति लागेका छन् – ईन्चार्ज किरण गुरुङ।

स्थिर र शुसासनका लागी गठवन्धनको सरकार – केदार सिग्देल, केन्द्रिय सदस्य, नेकपा (एमाले)

दभुङ्ग चण्डी देवी बहुउद्येश्यीय सहकारीको तेश्रो साधारणसभा सम्पन्न ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.