म्याग्दे गाँउपालिकाद्धारा आयोजित एकिकृत घुम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता रहेको छ ।े वडा नं १ को वाख्रेवाट शुरु गरिएको एकिकृत घुम्ति शिविरमा पालिका र वडावाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएको छ ।
वाख्रेको गुरुङ्ग भवनमा भएको एकिकृत घुम्ति शिविरको पहिलो दिन स्वास्थ्य सेवा तर्फ १०४ जनाले सेवा लिएका छन् भने अपाङ्गता परिचयपत्र २ जनाले प्राप्त गरेका छन् । ज्येष्ठ नागरिक तर्फ २ जनाले कार्ड प्राप्त गरेका छन् । शिविरवाट २९ जना सेवाग्राहीले दन्त सेवा लिएका छन् ।
यसैगरि ग्रामिण भिडियो एक्सरे सेवा १ जनाले लिएका छन् भने परिवार नियोजन सेवा ५ जनाले प्राप्त गरेका छन् । आयुवैद्ध तर्फ महिला २७ जना र पुरुष ११ जना गरि कुल ३८ जनाले आयुर्वेद्ध सेवा प्राप्त गरेका छन् ।
शिविरमा सवैभन्दा धेरै कृषि तर्फ १०७ जना र पशु तर्फ ६२ जनाले सेवा प्राप्त गरेका छन् । पञ्जिकरण शाखा अन्तरगत कुल ५ जनाले विभिन्न सेवा प्राप्त गरेका छन् ।
टोलमा नै आएर पालिका तथा वडावाट विभिन्न सेवा प्राप्त भएपछि खुशी लागेको वाख्रे टोल विकास संस्थाका अध्यक्ष सोम वहादुर आलेले वताए ।
पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुरयाउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो । पालिकाले जनताको आवश्यकता परिपुर्ति गर्नका लागि एकिकृत घुम्ति सेवा प्रदान गरिएको हो । विगतमा पनि गरिएको एकिकृत घुम्ति शिविरवाट हजारौले सेवा लिएको हुदाँ जनमुखी काममा पालिका सधै क्रियाशिल रहेको समेत अध्यक्ष श्रेष्ठले वताए ।
एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन कयान्सर परिक्षण सेवा दिईनेछ भने कृषित र्फ उन्नत जात विउ विजन वितरण, ििभन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईनेछ ।
यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईनेछ ।
कार्तिक ९ गते सम्म चल्ने घुम्ति शिविर भोलि असोज ७ गते मान्हौ वरच्याङ र गुणादीको वडा नं १ को कार्यलय भवन मा हुनेछ ।