Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
भिमादमा बजार अनुगमन

भिमादमा बजार अनुगमन


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

भिमाद नगरपालिकाले बुधबार बजार अनुगमन गरेको छ । बजार अनुगमन टोली बनाएर बजार अनुगमन गरिएको अनुगमन टोली संयोजक अजय सुवेदीले वताए । दसैं, तिहार र छठजस्ता चार्ड पर्वलाई लक्षीत गरि अनुगमन गरिएको अजय सुवेदीले वताए । भिमाद नगरपालिका वडा नम्बर ६ को वसपार्क र क्याम्पस रोड क्षेत्रका २२ वटा फर्महरुमा अनुगमन गरेको थियो ।

२२ फर्म मध्य ६ वटा होटल तथा रेष्टुरा,५ वटा खाद्य पसल,३ वटा मासु पसल र १ वटा फर्निचर अनुगमन गरिएको थियो । चार्डपर्वको समययमा अखाद्य वस्तुको विगविगि र बजार महँगो हुने भएको कारण बजार अनुगमन सुरु गरिएको हो । अनुगमन गरिएका फमहरुमा साइनबोर्ड, विक्रि मूल्य सुचि,व्यवसाय कर नतिरेको, व्यवसाय दर्ता नै नगरि व्यवसाय संचालन गरिएको फेला परेको संयोजक सुवेदीले वताए । उनले भने साइनबोर्ड नराखेकालाई ५ दिन भित्र राख्नु पर्ने,व्यवसाय कर नतिर्नेले ७ दिन भित्र तिर्न पर्ने नियम अनुसार भएको भए कानुन अनुसार जरिवाना समेत हुने पसलेहरुलाई सचेत गरेको वताए ।

सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष म्याद नाघेका खाद्य वस्तुहरु कमनै फेला परेको वताए । अनुगमन टोलीमा भिमाद पशुसेवा शाखाका पशु चिकित्सक ऋषिकेश झा, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि धुव्र कुमार श्रेष्ठ, भिमाद इलाका प्रहरी कार्यालयका इन्चार्ज उदयराज पौडेल, कृषि सेवा सेवा प्राविधिक साहयक महमद नमिफ मियाँ लगाएतका रहेका थिए । भिमाद नगरपालिकाले बजार अनुगमन नीति पास गरेको छ अव देखी बजार अनुगमन नीयमित नै हुने अनुगमन समितिका संयोजक सुवेदीले वताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.