Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
संस्कृति संरक्षणका लागी जातिय संग्रहालय निर्माण गर्देछौ - नगर प्रमुख न्यौपाने

संस्कृति संरक्षणका लागी जातिय संग्रहालय निर्माण गर्देछौ – नगर प्रमुख न्यौपाने


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410


व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानेले संस्कृति जगेर्ना तथा संरक्षणका लागी जातिय संग्रहालय निर्माण गर्न नगरपालिका लागेको वताउनुभएको छ । नेपाल सम्वत् ११४५ को अवसर पारेर नेवा देय दवु गुठी समन्वय समितीले आयोजना गरेको न्ह्यु दया भिन्तुना कार्यक्रममा वहाँले सो कुरा वताएका हुन् ।


विकसित मुलुक चीनमा समेत संस्कृती जातिय संस्कारको जगेर्ना गर्नका लागी जातिय संग्रहालय निर्माण गरेको रहेछ । जातिय सम्पदा बिना नेपाल र नेपालीको मौलिक भाषा र संस्कृतिको विकास अगाडी वढ्न नसक्ने वहाँले वताए । देश को पहिचानका लागी पनि यस्ता संस्कृतिको जगेर्ना अनिवार्य रहेको छ । दमौलीको संस्कृति र पहिचान के भन्ने कुरा खोज्नुपर्ने वेला आएको समेत नगर प्रमुख न्यौपानेले वताए ।


धार्मिक, सास्कृति तथा मौलिक परम्पराको उत्थानका लागी व्यास नगरपालिकाले छिट्टै सास्कृतिक महोत्सवको आयोजना पनि गर्ने न्यौपानेले वताए ।


नेपाल सम्वत्का प्रर्वतक शंखधर साख्याको अलग्गै पहिचान रहेको हुदाँ शाख्वाको मुर्तिका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने समेत वताए । जग्गाको पहिचान भईसकेको हुदाँ अव त्यस शालिक निर्माणका लागी सवै पक्ष सहयोग गर्नुपर्ने उनले वताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.