Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
गणेशमानले देखाएको मार्गमा हिड्न जरुरी

गणेशमानले देखाएको मार्गमा हिड्न जरुरी


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410



नेपाली कांग्रेसका सस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुप गणेशमान सिंहले देखाएको बाटोमा हिड्न जरुरी रहेको वक्ताहरुले बताएका छन् ।

गणेशमान सिंह फाउण्डेसन गण्डकी प्रदेश, पोखरा र गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमानचोकमा गरिएको सिंहको ११० औं जन्मजयन्ती कार्यक्रममा वक्ताहरुले सो कुरामा बताएका हुन् । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा उहाँलाई लिइन्छ तर आफू भन्दा पार्टी र देश ठूलो हुन्छ आवश्यक पर्दा त्याग गर्नुपर्छ भन्ने बिर्सने वक्ताहरुको भनाइ थियो ।

गणेशमान सिंहको जस्तो पदको लोभ नगरी त्यागको भावना लिएर अघि बढ्न जरुरी रहेको कुरा अधिकांशको जोड थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य धु्रव वाग्लेले गणेशमानले देखाएको मार्गमा हिँडेर नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । वाग्लेले भन्नुभयो, ‘गणेशमानबाट राजनीति निष्ठा, समर्पण र इमान जगाउनको लागि कर्मजगाउने प्रेरणा जगाउन जरुरी छ ।’ सभ्रान्त कुलिन परिवारमा जन्मिएर पनि आफ्नो सुख सयल र वैभवलाई छोडेर त्यागको राजनीतिक गरेको बारे युवा पुस्तालाई सन्देश दिन आवश्यक रहेको वाग्लेको भनाई रहेको थियो ।

नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले गणेशमान सिंहलाई वर्षको एक दिन मात्रै हैन सधै सम्झिनु पर्ने उहाँले देखाएको मार्गमा सधैं हिड्नु पर्ने भनाई थियो । साथै आलेले विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको उदाहरण दिँदै उहाँले यसबाट पाठ लिनुपर्ने बताउनुभयो । कार्यक्रम नेपाली कांग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले पदभन्दा पार्टीलाई ठूलो ठानेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । गणेशमान सिंह फाउण्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले गणेशमानले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताउनुभयो । कार्यक्रममा समितिका सचिव समुन्द्र गोदारलगायतले गणेशमानलाई एकदिन मात्रै सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिकांश वक्ताहरुले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको स्मरण गर्नु भएको थियो ।

काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका नेपाली कांग्रेसका सस्थापक नेता सिंहले राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका सिंहले प्रवास जानुअघि तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभएको थियो ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनु भएका सिंहले २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल हुनुभयो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्भएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नु भएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.