लायन्स क्लव अफ तनहुँ भानुभक्तद्धारा निशुल्क पानी वितरण गरेको छ । क्लवका अध्यक्ष लायन हर्षमन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा हरिवोधनी एकादशीको अवसर पारेर भक्तालु तथा व्रतालुहरुलाई पिउने पानी वितरण गरेको हो ।
रौनक एण्ड व्रदर्श दमौलीद्धारा सौजन्य भएको १० कार्टुन खानेपानी वितरण कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एवं एक्जुकेटिभ चिप लायन सुरेन्द्र पौडेल, पुर्व अध्यक्ष अर्जुन पौडेल लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
क्लवको समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रहेर क्लवले एकादशीको दिन पारेर खानेपानी वितरण गरेको क्लवका अध्यक्ष हर्षमान श्रेष्ठले वताए । एकादशीको दिन विभिन्न स्थानवाट एकादशीको मेला भर्नका लागी भक्तजन आएका छन् उनिहरुलाई खानेपानी खुवाउन सकेमा पनि मानव धर्म हुन्छ भन्ने सोचका साथ खानेपानी वितरण गरेका हौ । क्लवले विगतमा पनि विभिन्न समाजिक कार्यक्रम गरेर सामाजिक दायित्व वहन गरेका छौ, अध्यक्ष श्रेष्ठले भने ।
क्लवका सचिव महेन्द्र गिरीले संचालन गरेको सो कार्यक्रममा क्लवका उपाध्यक्ष वलभद्र श्रेष्ठ, तृतिय उपाध्यक्ष महेन्द्र थापा, कोषाध्यक्ष रन्जित शाह लगायतको उपस्थिती रहेको थियो ।