हामी सवैको प्रतिवद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यावद्धता भन्ने मुल नाराका साथ व्यास नगर पालिका वडा नं ५ को वडा कार्यलयमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण सम्पन्न भएको छ । मंसिर १० गते देखि २५ गते सम्म चल्ने कार्यक्रमको अध्यक्षता व्यास ५ को कार्यवाहक अध्यक्ष केशरी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यलयका महिला वालवालिका प्रमुख दिपा खत्रीले प्रशिक्षण दिएका थिए । हिंसाका विभिन्न प्रकार रहेको र त्यो अनेकन स्वरुपमा देखिने वहाँले वताए । हिंसा महिलामाथी मात्रै नभई पुरुषमाथी पनि हुने हुदाँ यसको निराकरणका लागी समुदाय नै लाग्नुपर्ने वहाँको भनाई थियो ।
वडाका टोल समिती,स्थानिय वुद्धिजीवि, राजनैतिक दलका प्रतिनिधी, विद्यालयको प्रधानाध्यापक,अगुवा व्यक्तित्वहरुको सहभागीमा भएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसाको वारेमा जिज्ञासा राखेका थिए । सो कार्यक्रम वडा सचिव विश्वनाथ पौडेलले संचालन गरेका थिए ।