नेल्टा तनहुँद्धारा आयोजित जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) तनहुँले “जिल्ला स्तरीय अन्तर–माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगिता“ सम्पन्न गरेको छ ।

दमौली स्थित डिएफएस बोर्डिङ स्कूलको सभाकक्षमा आयोजित सो कार्यक्रमको उद्घाटन गर्दै शाखाका पूर्व अध्यक्ष एवं प्रमुख अतिथि चक्रबहादुर अधिकारीले निवन्ध लेखन प्रतियोगिताले विद्यार्थीहरुको लेखन सीपको उजागर गर्ने बताउँदै अन्य सीप विकासका लागि पनि सहयोग पुर्याउने बताए । नेल्टा विशुद्ध रुपमा पेशागत संगठन भएकाले शिक्षक र विद्यार्थीहरुलाई यसमा आवद्ध भई विभिन्न अवसरहरुको सदुपयोग गर्न र आफ्नो क्षमताको प्रष्फुटन गर्न अधिकारीले सबैलाई आग्रह गरे ।

शाखाका अध्यक्ष डा. बसन्त कंडेलको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन सत्रमा विशेष अतिथि नेल्टा तनहुँका पूर्व अध्यक्ष रामचन्द्र पोखरेलले नेल्टा तनहुँको गतिविधिहरु जिल्लामा अंग्रेजी शिक्षाको विकासका लागि निकै फलदायी भएको बताए ।
कार्यक्रममा शाखाका उपाध्यक्ष प्रकाश खड्काले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । शाखाका सह–सचिव तीर्थराज रानाभाटले निवन्ध लेखन प्रतियोगिताका नियमहरुका बारेमा प्रष्ट्याएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज परियारले गरेका थिए ।

कार्यक्रममा शाखाका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र प्रतियोगी विद्यार्थीहरको सहभागिता रहेको थियो ।  

प्रतियोगितामा तनहुँका व्यास नगरपालिका, भानु नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिकाबाट विभिन्न २१ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत् २१ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

सो प्रतियोगिताको नतिजा ट्रिपल ब्लाइन्ड–समीक्षा प्रक्रिया अपनाएर एक हप्ता भित्र घोषणा गर्ने शाखाका अध्यक्ष डा. कंडेलले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ । साथै, प्रतियोगितामा छानिएका उत्कृष्ट तीन विद्यार्थीले नेल्टाद्धारा पुस महिनामा पोखरामा आयोजना हुने गण्डकी प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै

नेल्टा तनहुँको छैठौं साधारण सभा एवं अन्तराष्ट्रिय सम्मेलनका अनुभवहरु आदानप्रदान सम्पन्न

वरिष्ठ गजलकार तथा गायक श्री प्रदिप रोदन र राज सिग्देलले लायन्स गजल साँझमा प्रस्तृति दिने

पशुपति शर्मा र प्रीति आलेले झुमाए दर्शक

नेपाल उत्पीडित जातिय मुक्ति समाज व्यास नगर समितीको दोश्रो अधिवेशन माघ ४ मा

व्यास नगरपालिकाले फाल्गुण ७ गते साँस्कृतिक महोत्सव गर्ने

केपी ओली र एमाले विरुद्ध देशी बिदेशी शक्ति लागेका छन् – ईन्चार्ज किरण गुरुङ।

स्थिर र शुसासनका लागी गठवन्धनको सरकार – केदार सिग्देल, केन्द्रिय सदस्य, नेकपा (एमाले)

दभुङ्ग चण्डी देवी बहुउद्येश्यीय सहकारीको तेश्रो साधारणसभा सम्पन्न ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.