नेपाल चिकित्सक संघ तनहुँ शाखाद्वारा ध्यानाकर्षण


दमौली ।

नेपाल चिकित्सक संघ, तनहुँ शाखाले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र चिकित्सकहरूमाथि भइरहेको चुनौतीहरूको विषयमा ध्यानाकर्षण गराउँदै तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार संघले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल चिकित्सक संघ तनहँुका महासचिव डा.दिनेश शर्माले जानकारी दिए । उनका अनुसार एमबिबिएस÷पिजी अध्ययनका लागि विद्यार्थीहरूले झेल्नुपरेका कठिनाइ र यसले समग्र स्वास्थ्य क्षेत्रमा पार्ने असरलाई गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।
पिजीमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई आठौं तहका मेडिकल अफिसर सरहको तलबभत्ता हुनपर्ने माग ज्ञापनपत्रमा रहेको छ । साथै, चिकित्सा शिक्षा, अनुसन्धान, तथा जनस्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा सुधारका उपायहरूको कार्यान्वयन गराउन जोड दिइएको नेपाल चिकित्सक संघ तनहँु शाखाका अध्यक्ष डा. रामकुमार श्रेष्ठले बताए । उनका अनुसार चिकित्सा क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सामना गरिरहेका समस्या, चिकित्सकको आत्मसम्मानमा आँच पु¥याउने घटनाहरू, तथा सरकारी नीति र व्यवस्थापनमा सुधारका लागि कदम चाल्न माग गरेको छ । ज्ञापन पत्रमा नेपाल सरकारका विभिन्न निकायहरूसँग तत्काल सुधारात्मक कदम चाल्न अनुरोध गरिएको छ। साथै, यस विषयमा सरोकारवाला निकायहरूको सहकार्यमा काम गर्न संघ तयार रहेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सम्बन्धीत निकायलाई पत्र पठाउने बताए । उनले चिकित्सक क्षेत्रमा रहेको उक्त समस्याको लागि आफुले गर्नुपर्ने काम गर्ने बताए । उक्त कार्यक्रमा दमौली अस्पतालका प्रमुख डा. परिर्वतन बराल लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.