दभुङ्ग चण्डी देवी बहुउद्येश्यीय सहकारीको तेश्रो साधारणसभा सम्पन्न ।


व्यास नगरपालिका वडा नं ५, मा रहेको श्री दभुङ्ग चण्डी देवी बहुउद्येश्यीय सहकारी संस्थाको तेश्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको प्रमुख अतिथी व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले पानसमा वत्ति वालेर सभाको उदघाटन गरेका थिए ।


साधारणसभाको उद्घाटन गर्दे प्रमुख अतिथी श्रेष्ठले सहकारीको भुमिका समाज रुपान्तरणमा महत्वपुर्ण रहेको हुदाँ यसको सहि प्रयोग गर्नुपर्ने वताए । सहकारीको माध्यामवाट समाज आर्थिक रुपमा सम्पन्न हुन सक्ने हुदाँ सहकारी आफनो मुल्य मान्यता अनुरुप काम गर्नुपर्ने वताए । समाजमा मात्र होईन, देशमा नै सहकारीप्रति आम जनताको विश्वास गुमेको हुदाँ जनताको विश्वास जित्ने गरि काम गर्नुपर्ने श्रेष्ठको भनाई थियो । वहुउद्येश्यीय सहकारीले कृषि र उत्पादनमा उल्लेख्य भुमिका खेल्नुपर्ने हुदाँ उत्पादनमा जोडिन समेत वहाँले आग्रह गरे ।


साधारणसभामा मगर समाजका अध्यक्ष श्रीवहादुर थापा, कण्टार चापाघाट खानेपानीका अध्यष मानध्वज थापा, पराशर आश्रमका अध्यक्ष सत्यप्रसाद खनाल लगायतले वोलेका थिए ।
संस्थाका कोषाध्यक्ष ताराकुमारी श्रेष्ठले वित्तिय विवरण, ऋण समितीका संयोजक पदम कुमार श्रेष्ठले ऋण प्रतिवेदन, लेखा समितीका संयोजक विष्णु कुमार श्रेष्ठले लेखा प्रतिवेदन पेश गरेका थिए भने संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठले संस्थाका गतिविधिका वारेमा प्रकाश पारेका थिए ।
सो अवसरमा शेयर सदस्यहरुले संस्थाका वारेमा विभिन्न धारणा तथा गतिविधीका वारेमा छलफल गरेका थिए ।


२७१ जना कुल शेयर सदस्य रहेको सहकारीले व्यास ५ लाई मुख्य कार्यक्षेत्र वनाएर आफनो गतिविधि गर्दे आईरहेको छ । दभुङ्ग चण्डीदेवी गुठी भवन परिशरमा भएको साधारणसभाको संचालन संस्थाका सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.