स्थिर र शुसासनका लागी गठवन्धनको सरकार – केदार सिग्देल, केन्द्रिय सदस्य, नेकपा (एमाले)


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्ज केदार सिग्देलले देशमा स्थिर र शुसासन दिनका लाग िगठवन्धनको सरकार वनेको वताएका छन् । देशमा सरकार परिवर्तनका कारण विकास निर्माणले गति लिन सकेन, जनतामा आशा जगाउन सक्ने वातावरण वनेन, यो वा त्यो वहानामा सरकार वनाउने र भत्काउने खेल मात्र भयो, त्यसैकारणले गर्दा सिङ्गो देश र जनतामा नै नैराश्यता चिर्नका लागी देशमा रहेको सवैभन्दा ठुलो दुई राजनैतिक दल सम्मिलित सरकार वन्यो ।


विशेष गरि नेकपा माओवादी केन्द्र्र देशको तेश्रो शक्ति भएर पनि एमाले र काग्रेसको कान फुक्ने, सधै शक्ति र सत्तामा देखिने चाहना देखियो । कहिले काग्रेसको विरुद्ध एमालेलाई प्रयोग ग¥यो, त्यसले देशमा राजनैतिक अराजकता मात्र निम्त्यायो । त्यहि अराजकता चिर्नका लागी काग्रेस र एमालेको गठवन्धन वनेको हो ।


यो गठवन्धनले कुनै पनि भष्ट्राचारीलाई जोगाउन, अराजकता निम्त्याउन सहयोग गर्देन । देशमा गठवन्धन सरकार वनेपछि दुरगामी कामको शुरुवात भएको छ, केन्द्रिय सदस्य सिग्देलले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ सम्वद्ध जनवर्गिय संगठनको भेलालाई सम्वोधन गर्दे केन्द्रिय सदस्य सिग्देलले सो कुरा वताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.