नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका ईन्चार्ज किरण गुरुङले केपी ओली र सिङ्गो एमाले विरुद्ध देशी तथा विदेशी शक्ति एक भएर लागेका वताए । देशको एकमात्र शक्ति एमालेमाथी प्रहार गर्न विभिन्न शक्तिहरु लागेका छन् । तर त्यसका वावजुद पनि एमाले त्यो शक्तिहरु लडिरहेको छ । नेपालमा राजनैतिक अस्थिरताका लागी एमाले विरुद्ध प्रहारले पनि पुष्टि हुन्छ कि एमाले देशको जनताको शक्ति हो, उनले भने ।
सरकारले अनेकन अवरोधको वीचमा पनि दुरगामी काम गरिरहेको छ । देशमा भईरहेको वेथिती विसंगति र अराजकताको निर्मलीकरण गर्न समय लाग्ने हुदाँ केही समयपछि त्यसको परिणाम देखिने समेत उनले वताए ।

अवको प्रतिष्पर्धा प्रविधिको युग भएको हुदाँ सवै नेता कार्यकर्ताहरु प्रविधिमा विशेष दख्खल राख्नुपर्ने समेत गुरुङले वताए । समाजिक संजालमा समेत एमाले विरुद्ध घेरावन्दी भएको हुदाँ विचार सहित त्यसको खण्डन गर्न समेत उनले आग्रह गरे ।
काग्रेस हिजो पनि प्रतिष्पर्धात्मक दल थियो । अव रास्वपा पनि प्रतिष्पर्धाको दल वनेको छ । किनकी रास्वपाले समाजिक संजालमा नकारात्मक भ्रम फैलाएको छ । त्यसलाई चिर्न पनि प्रविधिको चरम उपयोग गर्नुपर्दछ, गुरुङले भने ।
नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँले आयोजना गरेको जिल्ला सल्लाहकार सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा गुरुङले सो कुरा वताएका हुन् ।