Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
नेकपा (एमाले) तनहुँले ३ महिने अभियान चलाउने ।

नेकपा (एमाले) तनहुँले ३ महिने अभियान चलाउने ।


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले ३ महिने अभियान चलाउने निर्णय गरेको छ । नेकपा एमाले तनहुँको अध्यक्ष हरिराज कडेलको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका ईन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यतामा भएको वैठकले पार्टी कामलाई वडा हुदै टोल कमिटी सम्म पुग्ने योजनाका साथ ३ महिने अभियान संचालन गर्ने भएको हो ।
वडा कमिटीलाई परिचालन गरि टोल सम्म जाने योजनाका साथ यो अभियान संचालन हुनेछ । नेता र कार्यकर्तावाट सेतुको काम गर्ने, टोल र स्थानिय जनतासँग पार्टीलाई जोड्ने काम हुनेछ । जनवर्गिय संगठनको विस्तार, पार्टी संगठनको विस्तार यो अभियानमा हुने पार्टी अध्यक्ष हरिराज कडेलले वताए । पालिकाले योजना वनाउने र त्यही अभियान वनाएर जनताको आवश्यकता अनुरुप पार्टीलाई लैजानेछ ।


पार्टी स्थापना वैशाख ९ गते सम्म संचालन हुने अभियानमा मसिनो ढंगले जनतामा जाने योजनाका साथ लागिने अध्यक्ष कडेलले भने । यो अभियानमा जनप्रतिनिधी र वडा पार्टी, जनप्रतिनिधी र पालिका कमिटी लगायत जिल्ला पार्टीको वीचमा अन्तरक्रिया गरिनेछ । सरकारको काम कारवाहीलाई जनतामाझ पुरयाउने, सुखी नेपाली समृद्ध वनाउने, जनताको चाहनालाई नजिकवाट वुझने, पार्टी नेतृत्व विरुद्ध फैलाईएको भ्रमलाई चिर्ने लगायतका कामहरु अभियानमा संचालन हुनेछ ।


जिल्लाका १२ हजार घरपरिवार सँग जोडिने यो अभियानमा १ लाख जनता र करिव ९० प्रतिशत कार्यकर्ता सँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्ने समेत पार्टीले जनाएको छ । जनसंगठनलाई प्रत्यक्ष जोडेर सदस्यता विस्तार तथा सदस्यता नविकरण गर्ने, कुल मतदाता सदस्यको ६ प्रतिशत सदस्यता थप गर्ने योजना यो अभियानमा रहेको छ ।
सामाजिक संजालमा सकारात्मक उपयोग गरि पार्टीको काम कारवाहीको वारेमा जानकारी दिईने, प्रतिपक्षले फैलाएको भ्रमको चिरफार गर्ने गरि योजना वनाईको पार्टी सचिव प्रदिपराज अधिकारीले वताए ।


नेकपा एमाले जिल्ला पार्टी कार्यलयमा भएको वैठकमा स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्ज केदार सिग्देल लगायतले अभियानका वारेमा वोलेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.