कार्यक्रम के हो ?
(क) कार्यक्रम सार्वजनिक रुपमा पार्टीले फहराईरहेको आफनो लक्ष्यहरुको झण्डा हो । त्यसैको आधारमा जनतालाई सचेत, संगठित र परिचालित गरिन्छ ।
(ख) वर्गीय समाजमा राजनीतिक दलहरुनिश्चित वर्गको स्वार्थ र सेवाका लागी गठन गरिने हुदाँ पार्टी कार्यक्रम वर्गीय स्वार्थको प्रतिविम्व पनि हो ।
(ग) राज्यसत्ता प्रतिक्रियावादी चरित्रके छ भने पार्टी कार्यक्रम आमुल परिवर्तनको ध्येय वोकेको हुनुपर्दछ । त्यस्तो अवस्थामा क्रान्ति अनिवार्य हुन्छ । त्यसभन्दा निम्न अवस्थामा पार्टीको कार्यक्रमको कार्यन्वयन लागि क्रान्ति आवश्यक हुदैन ।
(घ) सामाजिक क्रान्ति प्रमुख र अपरिहार्य लक्ष्य वनिरहेको अवस्थामा पार्टी कार्यक्रम क्रान्ति सम्पन्न गर्ने र क्रान्तिपाश्चात् लागु गरिने कार्यक्रमको रुपमा रहेको हुन्छ ।
(ङ) पार्टी कार्यक्रम पार्टीको ठोस लक्ष्य पनि हो । यहि लक्ष्यमा आधारित रहेर पार्टीको रणनिती, कार्यनिती र कार्यदिशा समेत तय गरिएको हुन्छ ।
(च) समाजको भौतिक विकास विना हामी समाजका उच्चतम् लक्ष्यहरु हासिल गर्न सक्दैनौ । वर्तमान अवस्थामा समाजको भौतिक विकासकालागि न्युनतम लक्ष्य हासिल गर्दे अघि वढ्ने निती पार्टी कार्यक्रमले अगाडी सार्दछ ।
(छ) जनताको वहुदलिय जनवाद यिनै मान्यतामा आधारित नेपाली क्रान्तिको कार्यक्रम हो ।
(२) कार्यक्रमका आधारभुत पक्षहरु –
(क) पार्टी कार्यक्रमका निश्चित लक्ष्य र उद्येश्यहरु हुन्छन् । वर्तमान अवश्थामा सामन्तवाद–साम्राज्यवाद विरोधी पूजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नु नेपाली क्रान्तिको कार्यक्रमको न्युनतम लक्ष्य हो भने समाजवाद हुदै साम्यवादमा पुग्नु यसको अधिकतम लक्ष्य हो । यसका लागि समाजको आधारभुत चरित्रमा आमुल परिवर्तन गर्ने उद्येश्य कार्यक्रमले अघि सारेको हुन्छ ।
(ख) पार्टी कार्यक्रम निश्चित दर्शनर सिद्धान्तको जगमा उभिएको हुन्छ । हाम्रो जस्तो मुलुकमा सम्पन्न गरिने पुजीवादी जनवादी क्रान्तिको कार्यक्रमले माक्र्सवादी दर्शन र दृष्टिकोणलाई आत्मासात गरेको हुन्छ ।
(ग) वर्तमान युग साम्राज्यवाद विरोधी विश्व क्रान्तिको युग हो । हाम्रो जस्तो मुलुलकमा सम्पन्न गरिने सामन्तवाद–साम्राज्यवाद विरोधी पुजीवादी क्रान्तिपनि साम्राज्यवाद विरोधी विश्व क्रान्तिको एउटा अभिन्न अंग हो । यस क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्ससवाद–लेनिवादलाई आत्मासात गरिएको हुुनपर्दछ ।
(घ) पार्टी कार्यक्रमलेपार्टीको लक्ष्यमा आधारित रहेर पार्टी रणनिती अघि सारेको हुन्छ र त्यसले तात्तकालिक कार्यनितीलाई मार्गर्दशन गरिरहेको हुनुपर्दछ । अर्थात तात्कालिक कार्यनितीपार्टी कार्यक्रम र रणनितीको अभिन्न अंग हो, अन्तरसम्वन्धित विषय हो ।
(ङ) नेपाली जनवादी क्रान्तिको नेतृत्वकारी वर्ग सर्वहारा श्रमजीवि वर्ग हो भने किसानहरुवर्तमान नेपाली क्रान्तिको मुख्य र निर्णायक शक्ति हुन् । यसै कारणले गर्दा सामाजिक मुक्तिको यो क्रान्ति मुलत कृषि क्रान्ति नै हो ।
(च) क्रान्तिपाश्चात राव्यसत्तामा प्रतिक्रियावादी वर्गको हैकमएवं अधिनायकत्व अन्त्य गर्ने र जनताको राव्यसत्ता स्गथापना गर्ने उद्येश्य कार्यक्रमले वोकेको हुन्छ । यसले गर्दा क्रान्तिको शत्रु र मित्रहरु स्पष्ठ पहिचान गरिएको हुन्छ ।
(छ) पार्टी कार्यक्रमको अतयन्त महत्वपुर्ण पक्ष क्रान्तिो वाटो, संघर्षको रुप र तरिकाहरुको स्पष्टता पनि हो । आमुल परिवर्तनको ध्येय वोकेको पुँजीवादी जनवादी क्रान्ति दीर्घकालिन प्रकृतिको पनि हुन्छ । कसैको मनोगत आग्रह वा हतारोले त्यो तत्काल सम्पन्न हुन कुरा होईन । त्यसैले क्रान्तिको वाटो पनि वर्गस ंघर्षको अवस्थाले निरुपण हुने कुरा हो ।
(ज) वर्ग संघर्षले हिंसात्मक रुप धारण नगरुन्जेलसम्म संघर्षको रुप शान्तिपुर्ण र वैधानिक हुने गर्दछ । संघर्षमा त्यसरी अगाडी वढ्दा गम्भिर वाधा उत्पन्न भयो भने वा परिस्थितीले उच्चस्तरको संघर्षको माग गरयो भने तयो कोण स्थगित हुन्छ र यनँ ढंगले अघि वढ्नु अनिवार्य हुन्छ ।
(झ) पार्टी कार्यक्रमले ठोस रलचकता दुवैको माग गर्दछ । कार्यक्रम देशको ठोस वस्तुगत अवश्थामा आधारित हुन्छ र आत्मगत स्थितीको सापेक्षतामा आधारित रहेर त्यसले कार्यन्वयको माग गरिरहेको हुन्छ ।
(ञ) सिर्जनात्मकता र मौलिकता कार्यक्रमको प्रभावकारीताको महत्वपुर्ण पक्ष हो । यहि पक्षलाई ध्यानमा राखेर पाँचौ राष्ट्रिय महाधिवेशनले ‘जडसुत्रवाद र विर्सजनवादको विरोध गरौ, माक्र्सवादको सिर्जनात्मक प्रयोग गरौ’ भन्ने मान्यता आत्मासात् गरेको छ ।
–माक्र्सवादी अध्ययनका लागि केही सन्दरभका सामग्रीहरु वाट साभार








