नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँले यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनमा १८ र १९ गते उम्मेदवार सिफारिश गर्ने भएको छ । पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा वसेको सचिवालय वैठकले उम्मेदवार सिफारिश गरि केन्द्रमा पठाउने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य सिफारिशका लागी प्रदेशसभा निर्वाचन समन्वय कमिटीको वैठक वसी प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिश गर्नेछ । यसरी नाम सिफारिश गर्दा प्रत्यक्षतर्फ कम्तीमा १ जना महिला सहित ३ जनाको नाम सर्वसम्मत सिफारिश गर्नुपर्नेछ ।
त्यसैगरि प्रतिनिधीसभा क्षेत्रिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको वैठक वसी प्रतिनिधसभाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिश गर्नेछ । यसरी नाम सिफारिश गर्दा प्रत्यक्षतर्फ १ महिला सहित ३ जनाको नाम सर्वसम्मत सिफारिश गर्नुपर्नेछ ।
यसैगरि क्षेत्रिय समन्वय कमिटीवाट आएको नामलाई भाद्र २० गते जिल्ला कमिटीको वैठक वसी प्रदेशमा सिफारिश गर्नेछ ।









