नेकपा एमाले तनहुँ २ (क) वाट ९ जनाको उम्मेदवार सिफारिश

थर्पु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (क) वैठकले प्रत्यक्षतर्फ को उम्मेदवार सिफारिश गरेको छ । समन्वय कमिटीको संयोजक रत्नादेवी घिमिरेको अध्यक्षतामा र केन्द्रिय सदस्य सविता रसाईलीको प्रमुख आतिथ्यताम भएको पुर्ण वैठकले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिश गरेको हो ।


जसअनुसार प्रत्यक्षतर्फ कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्क वहादुर गुरुङ्ग, श्यामराजा महत, खिम वहादुर महत, शेषमणी आचार्य, अर्जुन प्रसाद नागिला र राधादेवी महत क्षेत्रीले उम्मेदवार दर्ता गरेका छन् ।
विद्यानअनुसार क्षेत्र अनुसार १ महिला सहित ३ जनाको नाम सिफारिश गर्नुपर्नेमा आकांक्षीको संख्या वढि भएपछि आएको नामलाई नै जिल्लामा पठाउने निर्णय गरिएको संयोजक घिमिरेले वताईन ।
वैठकमा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपसचिव खिम कुमाल, प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्याय, केन्द्रिय सदस्य सविता रसाईलीले धारणा राख्नुभएको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.