नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ प्रतिनिधीसभा क्षेत्र नं २ को प्रत्यक्षतर्फको उम्मेदवारमा प्रतिनिधीसभाका वर्तमान सासंद केदार सिग्देल, गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री एवं प्रदेश सासंद किरण गुरुङ र विष्णु पराजुली अधिकारी सिफारिश भएका छन् । प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ कमिटीको वैठकले यहि मंसिर ४ गते हुने प्रतिनिधीसभा चुनावका लागी केदार सिग्देल, किरण गुरुङ र विष्णु पराजुली अधिकारी सिफारिश भएका हुन् ।
प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं २ कमिटीका संयोजक राजेश्वर ढकालको अध्यक्षतामा भएको वैठकले खुल्ला २ र महिला १ गरि सर्वसम्मत उम्मेदवार चयन गरेको हो । क्षेत्रवाट सिफारिश भएको नामहरु जिल्लाको वैठकमा पेश हुने संयोजक राजेश्वर ढकालले वताए । वैठकमा केन्द्रिय सदस्य टुकराज सिग्देल, सविता रसाईली, नेकपा एमाले तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र २ नं क्षेत्रका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।








