तनहुँवाट प्रतिनिधीसभा समानुपातिकमा ७ र प्रदेशसभामा २१ को उम्मेदवार सिफरिश

वि वि श्रेष्ठ
तनहुँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधीसभा र प्रदेशसभा समानुपातिकका लागी उम्मेदवार सिफारिश गरेको छ । जिल्ला कमिटी तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले प्रतिनिधीसभा समानुपातिकमा ७ र प्रदेशसभा समानुपातिकमा २१ जनाको नाम सिफारिश गरेको हो ।
जसअनुसार प्रतिनिधीसभा समानुपातिक तर्फ शेषमणी आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकवहादुर राना, विश्ववन्धु भण्डारी र राधाकुमारी महतलाई जिल्ला कमिटीले सिफारिश गरेको छ ।


यसैगरि प्रदेशसभा समानुपातिकका लागी शिव अधिकारी, सविता रसाईली, धर्म खनाल, हरि वहादुर थापा, वावुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्याम कुमार श्रेष्ठ, सीता घिमिरे, देव वहादुर गुरुङ (देवान), कृष्ण राज ढकाल, ममिन मिया, रण वहादुर गुरुङ, नुर महमद मिया, राम कुमार श्रेष्ठ, ईन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सिताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ, घनश्याम देवान लाई सिफारिश गरेको छ ।
वैठकमा नेकपा (एमाले) का केन्द्रिय सदस्य टुकराज सिग्देल, भगवती न्यौपाने, सविता रसाईली, क्षेत्र नं २ का प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले सम्वोधन गरेका थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.