काव्योपासन

अवीचल आस्था मणि तनहुँ, नेपाल

छुट्टै तार्किक धारणा अचमको संस्कारको चाहना सेवामा गुरुदेवको चरणमा आकृष्ट सोझोपना आँखामा छ नमी, उतार मनमा संस्कारको चेतना भित्रै दुख्दछ प्रेमले हृदयमा, चस्का पस्यो वेदना आस्थाका परिहास आज कसरी उम्दा बनेका हुनन् घुम्दा लेक त फाँटमा विविधता चुम्दा रमेका हुनन् छन् आलोकित स्वछता किरणका आभा मनाेकामना पाल्छन् जो मन ज्ञान पूर्ण तरिका, आच्छन्न सम्भावना लाखौँ लाख सुगन्धका मनभरी केस्रा पलाए कति छन् सैाजन्य सफा विभोर बढिया उद्गारमा सम्मति छन् ।

ताजापनमा तरङ्ग रसिला बास्ना अहा पुष्पका फक्रेको मन मौसमी छ सुकिलो सत्कार आयुष्यका छन् मायाँ ममता विशिष्ट गरिमा, छन् बैंस प्रस्तावना राधा छन् रतिराग पूर्ण कविता संस्कार सम्बोधन चल्छन् चाल पियारका मखमली बुट्टा सिरानी बनी काव्योपासनमा निमग्न कवि छन् सत्कार होस् जीवनी छन् प्यारी सुषमा निमन्तृत सफा सौदामिनी दामिनी काखा लिन्छु भनी बसिन् बगलमा हाँसेर मन्दाकिनी शोभन झल्मल नाटकीय महिमा उत्पन्न साथी बनिन् सारा अक्कल बुद्धि दिन्छु सुकिला, आनन्द गाँसी भनिन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.