रुम टु रीड र पढ्नको लागि कोठाको साझेदारीमा संचालित वालिका शिक्षा कार्यक्रम (फोटोफिचर)

रुम टु रीड र पढ्नको लागि कोठाको साझेदारीमा संचालित वालिका शिक्षा कार्यक्रम अन्तर्गत यस जिल्लाका ३ वटा पालिकाका ५ विद्यालयहरुमा जीवन उपयोगी सीप ‘शिक्षक निर्देशित मोडेल’बाट पाइलटिङको रुपमा संचालन हुने भएको छ र सोहि कार्यक्रमबारे छलफल गर्ने उद्देश्यले बुधबार म्याग्दे गाउँपालिकाका सरोकारवाला निकायहरुसँग छलफल एवं सुझावको लागि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री श्रीप्रसाद श्रेष्ठ ज्युको अध्यक्षतामा बैठक भएको थियो ।

रुम टु रिडद्धारा तयार पारिएको तथा पाठ्यक्रम विकास केन्द्रबाट अनुमति प्र्राप्त जीवनोपयोगी सीप शिक्षा पाठ्यक्रमका आधारमा तय गरिएको जीवनोपयोगी सीप शिक्षा विद्यालयका तालिमप्राप्त शिक्षकहरुमार्फत किशोरीहरुमा प्रदान गर्ने परिक्षण कार्यक्रम हो र परिक्षण पश्चात अन्य विद्यालयका हजारौं किशोरीहरुमा जीवनोपयोगी सीप शिक्षा पुर्याउने र सामुदायिक विद्यालयका शिक्षकहरुका लागि जीवन उपयोगी सीप तालिमको अवसर जुटाउने सस्थाको उद्देस्य रहेको छ ।

कार्यक्रम बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आफुले वर्षौंदेखिबाट पढ्नको लागि कोठा सस्थालाई नजिकबाट बुझ्ने अवसर मिलेकाले यो एउटा राम्रो सस्था हो भन्नेमा आफु विस्वस्थ भएको कुरा बताउनुभयो साथै सस्थाको लोभलाग्दो मेहनत भएको बताउनुभयो जसका कारण गाउपालिकामा वालविवाह रोक्न महत्वपूर्ण भूमिका रहेको बताउनुभयो र अहिले ल्याउदै गरेको नयां मोडेल पनि पक्कै प्रभावकारी हुने आफ्नो अपेक्षा रहेको र आफुले सक्दो सहयोग गर्ने वताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.