व्यास नगरपालिकाका वडा नम्बर २ मा विगत ११ वर्ष अगाडि देखि संचालीत दमाैली ट्रेड सेन्टर हटाउनु पर्ने माग वडा बासिले राखेका छन्। २०६९ सालमा तात्कालीन जिल्ला समन्वय समितिका कर्मचारीहरुकाे मिलेमताेमा खुला ठाउँकाे दुरुपयाेग गरि दिवस वस्नेतलाई ट्रेड सेन्टर सञ्चालनका लागि दिइएकाे धियाे। जस्काे साक्षीमा नेपाली काङ्ग्रेसका नेता समुन्द्र गाेदारका छाेरा सुदर्शन गाेदार रहेका थिए। उनि त्यति वेला जिल्ला विकास समितिमा अधिकृत थिए। अहिले उक्त सेन्टरकाे भाडा गाेदार परिवारले उठाउने गरेकाे श्राेतले बताए ।

वडावासीले खाली गर्न माग राखेपछि वडा नम्बर २ ले व्यापारिक भवन हटाएर बालबालिका तथा जेष्ठ नागरिकहरुलाई आराम गर्ने, भुल्ने खेल्ने उद्यान बनाउनु पर्ने माग राखृका छन् । वडा कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै सो स्थान खाली गराउनुपर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरू अटाउनुपर्ने माग राखिएको हो । कार्यबाहक वडाध्यक्ष सुरेश वाग्लेले जिल्ला समन्वय समितिले २०८० असार मसान्त सम्मको लागि भाडामा लगाउने सम्झौता गरेको अब थप गर्न नहुने बताए ।

आपत विपतको समयमा खुला ठाउँको आवश्यक पर्छ भने बालबालिका र जेष्ठ नागरिकलाई थकान मेटाउने र खेल्ने ठाउँ नभएकोले हटाउनु पर्ने वाग्ले बताउछन् । वडा वासीसँग समन्वय नै नगरि एकाएक पुन खुला रुपमा भाडामा लगाउने सूचना समन्वयले सोमबार निकालेकाे थियाे। वडामा रहेका १७ वटै टोल विकास संस्थाको संयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भइरहेको ट्रेड सेन्टरका संरचना हटाएर बाल बगैँचा (चिल्ड्रेन पार्क) बनाउन माग राखिएको र जसरि पनि हटाईने वाग्लेले बताए ।

महिला समन्वय समिति वडानं २ का संयाेजक इन्दिरा पण्डितले आफुहरुले एकघर एक विरुवा लगाएर तथा सामुदायिक प्रहरीले फुलहरु रेापेर सुन्दर बनाईएकाे यस क्षेत्रलाई कसैकाे सुझाबै नलिइ एकाएक पैसाकाे चलखेलमा व्यापारीक केन्द्र बनाईनु गलत भएकाेले अब सुन्दर पार्क वनाउनुपर्ने वताईन ।

अहिले जिल्ला समन्वय समितिले पुन प्रतिस्पर्धाका उक्त सेन्टरलाई भाडामा दिने सुचनाकाे वडा नं २ का १७ वटा टोलका अध्यक्ष, सचिव, एवं विभिन्न समूह र क्लबका प्रतिनिधिले संयुक्त रूपमा हटाउने पर्ने माग राखेका छन् । पहिलो पटक सम्झौता अवधि पाँच वर्षका लागि भएको आवश्यकताअनुसार तीन तीन वर्षमा थप्न सकिने भनिएकोमा पुनः दुई पटक थप भइसकेको र सम्पूर्ण टोलवासीले फेरि पनि सम्झौता गर्ने वातावरण नहोस् भन्नका लागि बुधबार ज्ञापनपत्र समेत बुझाईने कार्यबाहक वडाध्यक्ष वाग्लेले बताए ।

आपत विपत् र प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सो स्थान खाली गरी बाल उद्यान निर्माण गर्नु पर्ने पत्रकार सम्मेलनमा वक्ताहरुको भनाई रहेको थियो । सो क्षेत्रमा करिब ६ रोपनी जग्गा रहेको छ । त्यस ठाउँमा पहिला बुधबारे हाट बजार लाग्ने गर्थाे । २०६९ साल असार ३१ गते तत्कालीन जिल्ला विकास समिति र व्यास नगरपालिका–४ का दिपेश बस्नेतबीच भएको व्यापारिक सम्झौता गरी खुला स्थानमा व्यापारिक भवन बनाइएको थियो। अहिले व्यास २मा खुला ठाउँ कतै छैन, जताततै भौतिक संरचना छन् भुइँचालोलगायत अन्य प्राकृतिक प्रकोप गयो भने बस्ने ठाउँ छैन । त्यही भएर भत्काउनुपर्ने माग राखिएको स्थानीयले बताएका हुन् । सो ट्रेड सेन्टरको सम्झौता २०८० सालको असार मसान्तमा स्वतः सकिएपश्चात् जिल्ला समन्वयको मातहतमा हुने भएपछि समन्वयले खुला प्रतिस्पर्धामा भाडामा लगाउने सूचना जारी गरेको छ । “साबिक जिल्ला विकास समिति हुँदा नै सम्झौता भएको र अवधि सकिएपछि खुला सूचना जारी गरिएको समन्वय समितले जनाएको छ । ट्रेड सेन्टरले अहिले जिल्ला समन्वय समितिलाई मासिक ७२ हजार तिर्ने गरेकाे छ भने संचालकले मासिक लाखाै रुपैया असुल गरिरहेकाे छ। उक्त सेन्टरकाे सटरबाट सुदर्शन गाेदारका परिवारले मासिक लाखाैं रुपैया उठाउदै आएका छन् ।

यसैविच सोही वडामा रहेको डाङ्ग्रे खोल्सीको सार्वजनिक जग्गा अतिक्रमणमा परेपछि केही समय अघि वडाकाे पहलमा डोजर लगाएर भत्काइएको थियो। सो स्थानको सुरक्षाका लागि १० लाख रुपियाँ खर्च गरेर पर्खाल, घरबार बनाउने काम अन्तिम चरणमा पुगेको कार्यबाहक वडाध्यक्ष वाग्लले बताए।

अहिले ‘‘महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट ट्रेडसेन्टर हटाई पार्क निर्माणको लागि २५ लाख रुपियाँ बिनियोजन समेत भईसकेकोले वडाबासीको हितको लागि जिल्ला समन्वय समितिले मद्धत गर्नुपर्दछ ।”वाग्लेले थपे।







