जनप्रतिनिधी जनताको सेवक वन्नुपर्दछ । सासंद सिग्देल

प्रतिनिधीसभाका सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले जनप्रतिनिधी जनताको सेवक वन्नुपर्ने वताउनुभएको छ । जनप्रतिनिधी शासक नभई जनताको सेवक वन्न सकेमा देशमा सुशासन र समृद्ध कायम गराउन सकिने वताउनुभयो । म्याग्दे गाँउपालिका द्धारा आयोजित आर्थिक वर्ष ०७८।०७९ अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्दे वहाँले सो कुरा वताउनुभएको हो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा सासंद सिग्देलले जनप्रतिनिधीले योजना सहित काम गर्नुपर्ने वताए । विना लक्ष्य र योजना कतै पनि नपुगिने हुदाँ जनताले अनुभुति गर्ने गरि काम गर्न वहाँले आग्रह गर्नुभयो । स्थानिय तह आफैले पनि निती र कार्यक्रम वनाउन सक्ने हुदाँ आत्मनिर्भर वन्ने कार्यक्रम ल्याउन समेत वहाँले आग्रह गर्नुभयो । आत्मनिर्भर कृषिले नै जनतालाई आर्थिक रुपमा सवल वनाउने हुदाँ त्यसका लागी मिहिन ढंगले जनउपयोगि कार्यक्रम र त्यसको कार्यन्वयनमा जोड दिनुपर्ने वताउनुभयो ।
स्पीड सोलुसन नेपाल प्रा.लि ले सहजीकरण गरेको सो कार्यक्रममा वडा सचिवहरुले वडाको प्रतिवेदन र विषयगत समितीले प्रगति प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा शिक्षा शाखा, आर्थिक विकास शाखा, योजना शाखा, भौतिक पुर्वाधार शाखा, पशु कृषि, रोजगार सेवा केन्द्र, महिला तथा समाजिक विकास शाखा, जिन्सी शाखा, स्वास्थ्य शाखा, प्रशासन शाखाले प्रगति विवरण पेश गरेका थिए ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनमुखी कार्यक्रममा गाँउपालिका सकारात्मक भएको वताउनुभयो । जनआकांक्षा धेरै हुदाँ तत्काल जनताले सोचेअनुरुप परिणाम नदेखिए पनि दीर्घकालिन रुपमा परिणाममुखी हुने वताए । जनतासँग सहकार्यका साथ काम हुनेछ, यसमा सवैको साथ र सहयोगले समृद्ध म्याग्दे वनाउन सकिने हुदाँ पालिकासँग हातेमालो गरेर अगाडी वढ्न आग्रह गर्नुभयो । सो कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रमको वारेमा प्रकाश पार्नुभएको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.