तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई क्षमता मुल्यांकन तथा अभिमुखिकरण

तनहुँ उद्योग वाणिज्य संघ दमौली तनहुँको आयोजना एवं नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाडौंको सहयोगमा क्षमता मुल्यांकन तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा सोमवार संघका नवनिर्वाचित कार्यसमितिलाई क्षमता मूल्याङकन तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको अध्यक्षतामा भएको कार्यmममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अहिले देशको आर्थिक पक्ष कमजोर भएको समयमा संघले क्षमता मुल्याङकन कार्यक्रम गर्नु महत्वपूर्ण भएको बताए । उनले व्यवसायीहरुले केवल व्यापारमा मात्रै ध्यान निदिएर साना उद्योग सञ्चालनमा समेत ध्यान दिनुपर्ने बताए । कृषिजन्य वस्तु उत्पादनमा तनहुँमा सम्भावना रहेको र नयाँ पोडक्टको विषयमा समेत ध्यान दिनुपर्ने उनको भनाई थियो । तनहुँका १० पालिका रहेकोमा एक पलिकामा एक उत्पादनमा ध्यान दिनुपर्ने र त्यसले आत्मनिर्भर बनाउन सहयोग पुग्ने समन्वय प्रमुख वाग्लेले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठले अनुदान लिएर काम छाड्ने प्रवृतिले विकास हुन नसकेको बताए । तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्न उनले आग्रह गरे । संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले क्षमता मुल्यांकन कार्यक्रमले उद्योगी व्यवसायीलाई कसरी पेसा व्यावसाय एवं सामाजिक उत्तरदायित्व बहर्न गर्ने भन्ने वारेमा जानकारी हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले प्रशिक्षण दिएका थिए । संघका अध्यक्ष मिश्रले कार्यक्रम माथि प्रकाश पार्दै क्षमता मुल्याङ्कन उद्योगी व्यवसायीको लागि महत्वपूर्ण भएको बताए । तालिममा संघमा आवद्ध विभिन्न उद्योगी व्यवसायीको सहभागीता रहेको कार्यक्रमको सहजीकरण महासचिव सुवोध अधिकारीले गरेका थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.