देशभर जस्तै तनहुँमा पनि बालवालिकालाई भिटामिन ए र जुवाको औषधी खुवाइएको छ । तनहुँको ८५ वटै वडामा विहिवार र शुक्रवार बालवालिकालाई भिटामिन ए र जुगाको औषधी खुवाइएको हो । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइएको महिला स्वयमसेविका माया सोतीले जानकरी दिइन् । व्यास नगरपालिका ३ मा महिला स्वास्थ्य स्वयमसेविका रमाना ढुँगाना र मायादेवी सोतीले अनसन चौतारीमा बसेर बालवालिकालाई भिटामिन ए खुवाएका हुन् ।

व्यास ३ मा दुई दिन गरेर करिव ६ सय बालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइएको महिला स्वयमसेविका माया सोतीले जानकारी दिइन् । चैतेदशै र नयाँ बर्षका कारण पनि मानिसहरु गाउँ जाने धुम्ने क्रम बढेको कारण ८ सय बालवालिकालाई भिटामिन खुवाउने लक्ष्य रहेपनि ६ सयलाई खुवाइएको उनले बताइन् । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएको मन्त्रालयले जनाएको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । खसरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।









