फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।

शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे ।

पुरस्कार वितरण समारोहमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेले ‘वाइवी’ को प्रमुख उपस्थिति रहेको थियो भने पपुलर युनिसेक्सका सञ्चालक सुलभ सिग्देलको विशेष उपस्थिति रहेको थियो ।

सेन्ट्रल कलेजले खेलमा मुख्य सहयोग गरेको थियो । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए । 

प्रतियोगितामा कुल १० टिम सहभागी भएका थिए प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थिति रहेको थियो।

सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भएको थियो भने खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको थियो ।

भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी विद्यार्थीहरुबीच एकआपसमा सम्बन्ध विस्तार गर्न यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.