जनतामा राजनिती प्रति तीव्र असन्तुष्टि वढदै गएको छ – सासंद भण्डारी


नेपालमा राजनैतिक पार्टी र तिनको नेतृत्व प्रति जनतामा आएको र त्यसले पारेको नकारात्मक प्रभावका वारेमा सोच्नुपर्ने वेला आएको प्रतिनिधिसभाका सदस्य शंकर भण्डारीले वताएका छन् । जनतामा राजनिती र नेतृत्वप्रति यति धेरै आक्रोशको अवस्था कसरी आयो ? देशले राजनैतिक परिवर्तन प्राप्त गरेता पनि जनताले झन वेथिती र विसंगति भोग्नुपरेको हुदाँ नेता र नेतृत्वप्रति प्रश्न उठेको छ, भण्डारीले भने ।
राजनैतिक नेतृत्व र दलले देश संचालन गर्ने अवसर हुदाँ पनि जनताको आशा र चाहना अनुरुप काम गर्न नसकेको हुदाँ एकातिर युवा पलायन भयंकर छ भने देशमा सम्भावना नदेखेर विभिन्न देशमा युवा शक्ति विदेशिएको हुदाँ यसले देशमा गम्भिर संकट आएको समेत भण्डारीले वताए ।


देशको सवैभन्दा ठुलो सम्पति जनसंख्या रहेछ तर हाम्रो देशको जनता र जनशक्ति भने विदेशिनु देशका लागी दुर्भाग्य हो । जसले गर्दा भोलि देशको अवस्था नै खतरामा परेको भण्डारीको दावी थियो । नेपाल पत्रकार महासंघ तनहुँले आयोजना गरेको नवकार्यसमितीलाई पदस्थापन कार्यक्रमको अवसर पारेर सासंद भण्डारीले सो कुरा वताएका हुन् ।


संचार क्षेत्र देशको चौथो भएको हुदाँ यसको विश्वासनियतामा ध्यान दिनुपर्ने वहाँको विशेष जोड थियो । नेपाली काग्रेस विचारले निर्माण भएको पार्टी भएता पनि जनउपेक्षित काम गर्न सकेको छैन, भण्डारीले भने ।
फरक प्रसंगमा सासदं भण्डारीले प्रदेश संरचनाले झन देशको आर्थिक अवस्था नाजुक मात्र वनेको वताए । संघिय संरचनामा पनि पुर्नविचार गर्नुपर्ने र देशको भुगोल अनुसारको व्यवस्था आवश्यक भएको उनको भनाई रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.