संघियताको अधिकारमा पुर्नविचार गर्नुपर्दछ । उपाध्यक्ष घिमिरे

म्याग्दे
वि वि श्रेष्ठ

म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संघियताको अधिकारमा पुर्नविचार गर्नुपर्ने वताएका छन् । संघिय सरकारले स्थानिय सरकारलाई विभेद गरेको छ । ३ तहको सरकारमा स्थानिय तहमा अधिकार केन्द्रित गर्नुपर्नेमा त्यो नभएको वहाँले वताए । सहअस्तित्व राजनिती स्वीकार्नुपर्नेमा संघिय सरकारले उपेक्षा गरेको समेत वहाँले वताए ।
संघियताको मुल मर्म विपरित संघिय सरकारमा सामन्ती चिन्तन दिएको वताए । संघिय सरकारमा धेरै राजश्व राख्नु स्वाभाविक भएता पनि प्रदेश सरकारमा अनावश्यक वजेट राखेर स्थानिय सरकारलाई रमिते समेत वनाएको दावी गरे र सहअस्तित्व, सहकार्यको भावना राखेर अगाडी वढेमा मात्र राज्य प्रणाली वलियो हुने समेत वहाँले वताए ।
राजनैतिक, आर्थिक र समाजिक मुद्दामा समान गर्नुपर्नेमा अधिकार तल दिनुहुदैन भन्ने मानसिकता हावी भएको वताए । स्थानिय तहको जनतामा नेतृत्व गर्न सक्दैन भन्ने सोच भएको समेत वहाँले वताए । संघिय सरकारले मात्र देश चलाउनुपर्दछ भन्ने सोच छ, त्यसैले गर्दा यो व्यवस्थामा पनि जनआक्रोस वढ्न सक्दछ, त्यसमाथी पनि हरेक क्षेत्रमा प्रदेश र संघिय सरकार हावी हुदाँ काम गर्न असहज भएको समेत उपाध्यक्ष घिमिरेले वताए ।
संघियताका कार्यन्वयनकै चरणमा भएता पनि यसको समयमा नै सम्वोधन गर्न नसकिएमा यसले भोलिका दिनमा अफठयारो पारेको समेत वताए । सो कुरा वहाँले जनप्रतिनिधीलाई २ दिने अभिमुखीकरण कार्यक्रममा वताउनुभएको हो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.