म्याग्दे गाँउपालिकाले एकीकृत घुम्ति शिविर शुरु गर्ने ।

म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर घरआँगनमा पुरयाउने उद्येश्य सहित एकीकृत घुम्ति शिविर शुरु गर्ने भएको छ । असोज २ देखि संचालन हुने घुम्ति शिविर असोज ३१ गते सम्म चल्ने गाँउपालिकाले जनाएको छ ।
एकिकृत घुम्ति शिविर अन्र्तगत प्राविधिक योजना शाखा अन्र्तगत योजना सम्झौता, सुझाव तथा परामर्श, स्वास्थ्य आयुवैद शाखा अन्र्तगत समान्य स्वास्थ्य परिक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधी वितरण, क्षयरोग स्कृनिङ, सुगर परिक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प.नि. सेवा तथा परामर्श र कोभिड–१९ विरुद्धको खोप संचालन गरिने भएको छ ।
यसैगरि कृषि शाखा अन्र्तगत हिउँदे वालीको विउ वितरण, विषादी वितरण, फर्म दर्ता सम्वन्धी आवश्यक कागजातको जानकारी, अनुदान सम्वन्धी जानकारी तथा माग संकलन रहनेछ । पशु शाखा अन्र्तगत गोवर परिक्षण एवं औषधी वितरण, प्रशासन शाखा अन्र्तगत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी गराउने गाँउपालिकाले जनाएको छ ।
यसैगरि पञ्जीकरण शाखा अन्र्तगत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धि सेवा, महिला तथा वालवालिका शाखा अन्र्तगत जेष्ठ नागरिक परिचयपत्र र अपाङगता परिचयपत्र वितरण गरिनेछ भने घरनक्शा शाखा अन्र्तगत निशुल्क घर नम्वरप्लेट वितरण गरिने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.