– विजय कुमाल
अनलाइनबाट कामगर्नुहोस, पैसा कमाउनुहोस भनेर तपाइ हामीले धेरै विज्ञापन वा दैनिक पोस्टहरु देख्ने गर्छौ। घरमानै बसेर गर्ने भने पछी हामी आकर्षित पनी हुन्छौ। त्यसैले अनलाइनमा बसेर काम गर्नको लागी के गर्ने पढ्नुहोला।
सिप तथा व्यक्ति पहिचान:
अनलाइनमा बसेर काम गर्छु भन्ने बित्तिकै धेरै कामहरु छन्। जस्तै डिजिटल मार्केटिंग, एफिलीएट मार्केटिंग, ग्राफिक डिजाइन , वेबसाइट डिजाइन , कन्टेन्ट लेखन , भिडीयो इडिट, युटुब, एप्प डेभलबमेन्ट, सफ्टवेयर डेभलबमेन्ट, आदि थुप्रो कामहरु छन्। यी सिपहरुमा आफु के कुरामा पोख्त हुनुहुन्छ वा कुन सिप सिक्नमा बढी रुची छ , त्यस सिपमा काम गर्ने वा समन्धित सिप सिक्ने जमर्को गर्नुहोस्। सिप सिक्दै गर्दा धेरै गल्तिहरु हुन जान्छ। कुनै गल्तीले गर्दा आफैलाई पनी समस्या पर्न सक्छ। त्यसैले समन्धित क्षेत्रमा लागेका अनुभवी व्यक्ति वा शिक्षकको साथ् हुन अत्तिनै आवश्यक हुन्छ। अहिलेको समयमा सिपहरु अनलाइन अथवा प्रत्यक्ष रुपमा बसेर पनी सिक्न सकिन्छ।
अनुसन्धान:
सिपको पहिचान गरिसके पछि त्यस सिपसँग समन्धित रहेर अनुसन्धान गर्न आवश्क छ। बजारमा धेरै fraud गर्नेहरु छन्। पैसा खाएर धेरै भागेको समचार पनी सुनेका छौ। त्यसैले सिप सिक्नेबेला कोबाट सिक्दै छु, कस्तो मान्छे वा संस्था हो, कस्तो तालीम, प्रत्यक्ष रुपमा सिकाउने हो या अनलाइनबाट सिकाउने हो, समन्धित संस्था नेपाल सरकारमा दर्ता छ छैन। यस बारे थाहा हुन जरुरी छ। हामीले सिक्दै गरेको सिप Product based हो या Service Based हो थाहाहुन जरुरि छ।
सिकाइको साथ् निरन्तरता
आफ्नो अनुसन्धान सकिएपछि आफुले सिक्न चाहेको सिप समन्धित संस्था वा व्यक्तिबाट सिक्न सुरु गर्नुहोस। सिकाइलाइ निरन्तरता दिनुहोस। एक दिनको सिकाई र एक दिनको कामले अनलाइनक्षेत्र सफलता दिदैन। दैनिक रुपमा अनलाइनमा बसेर सिकेको कुरालाई परीक्षण गर्नु आवश्यक छ।
फोकस:
काम सुरु गरिसकेपछि गरेको काममा निरन्तरता दिनुको साथै त्यस काममा फोकस भएर पनी लग्न जरुरि छ। एउटा सिप सिक्दै गर्दा सोत समयमा अर्को सिप नासिक्नुहोला। त्यस्तो गर्दा उचित तवर ध्यानकेद्रित गरेर सिप सिक्न वा काम गर्न गारो हुन्छ। हामी सिप सिक्नु भन्दा पहीलै धनको आश गर्छौ। आश गर्नु राम्रो पनी हो तर सिप र उचित परीक्षणले नै प्रतिफल दिने गर्छ।
घरको वातावरण:
घरमा बसेर काम गर्ने भएपछि घरको माहोल कस्तो छ। यो कुराले ठुलो भूमिका खेल्छ। तालीमलिने समयमा हो-हल्ला हुने, तालीम लिदा इन्टरनेटले कस्तो काम गर्छ , घरमा वा साथीभाईहरुले कस्तो प्रतिकृया दिएको छन। घरको भित्तामा कस्तो फोटोहरु छन्। फेसबुक वा अन्य सोसल मिडियामा कस्तो मान्छे वा च्यानललाइ फलो गर्नु भएको छ यस्तोकुराले ठुलो भूमिका खेल्छ।
थप जानकारीको लागी Visit here: www.ecommercesathi.com, www.bizinice.com








