गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम सम्पन्न (फोटोफिचर)

सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं २ को वडाध्यक्ष शिव वहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथी र पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे विशिष्ट अतिथी रहनुभएको थियो ।


सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कुनै पनि व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउने वताए । । सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वलम्वी वन्न सकिने अध्यक्ष श्रेष्ठले वताए ।स्थानिय स्तरमा स्थानिय वस्तुको प्रयोगले पनि आत्मनिर्भर वन्न सकिने हुदाँ सीप नै जीवनको महत्वपुर्ण पक्ष भएको वताउनुभयो । काम आफैमा सानो ठुलो हुदैन, यसका लागी सकारात्मक सोच र ईच्छाशक्ति हुनु जरुरी छ । सिप नै जीवनको मुख्य आधार भएको हुदाँ हातमा सिप हुनेहरु कहिल्यै खाली वस्नु नपर्ने वताए लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले विशेष गरेर कृषि र व्यवसायलाई प्राथमिकता दिएको छ । जसले गर्दा दीर्घकालिन रुपमा स्वलम्वी र आत्मनिर्भर वन्न सकिन्छ । आम जनताको चेतनास्तर, आर्थिक स्तर उकास्न पालिका सदैव क्रियाशिल रहने पालिका अध्यक्ष श्रेष्ठले वताए ।


यसैगरि गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले गरिवी निवारणका लागी गरिएको यो अभिमुखीकरण कार्यक्रम अत्यन्त फलदायी हुने वताए । सानो सानो लगानी गरेर पनि सफल हुन सक्ने हुदाँ त्यसका लागी मुख्य आधार भनेका सिप नै भएको वताए । सिप सिकेर पनि राम्रो आय आर्जन गर्न सकिन्छ र त्यो नै आर्थिक उपार्जनको मुख्य श्रोत वन्ने हुदाँ मेडपा वाट तालिम लिएर पालिकामा धेरै जना उद्यमी वनेको वताए । रोजगारको मुख्य आधार नै सिप हो । यदि आफुमा सिप छ भने, रोजगारका लागी भौतारिनु जरुरी छैन, उपाध्यक्ष घिमिरेले वताए ।


कार्यक्रममा अध्यक्ष शिव वहाहुर क्षेत्रीले गाँउस्तरमा यो कार्यक्रम हुनु अत्यन्त सकारात्मक भएको वताए । आम जनतालाई स्वनिर्भर वनाउन प्रेरित गर्ने यस्ता कार्यक्रमले रोजगारीको सिर्जना गर्ने वताए । सिप लिएर त्यसलाई हाम्रो जीवनमा लागु गर्नुपर्दछ, त्यसले मात्र परिवर्तन सम्भव छ, वडाध्यक्षले वताए .


वडा नं २ को टोल विकास समितीको अध्यक्ष र पदाधिकारीको विचमा भएको अन्तरक्रिया कार्यक्रमको संचालन (मेड्पा) का फोकल पर्सन प्रदिप न्यौपानेले गरेका थिए भने कार्यक्रममा वडासदस्य सुनिता नेपाली, अनु महत श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.