दुबोको माला वनाउन जानेपछि अनिता बि.क. खुशी (फोटोफिचर)

म्याग्दे–७, हर्कपुर

दुवोको माला वनाउन जानेपछि आफुलाई मनोवल र हिम्मत वढेको सहभागी अनिता विकले वताईन । तालिम लिएपछि आफुमा सिकेको सवै सिप गर्न सक्ने विश्वास पलाएको छ । अव यहि उद्यमलाई निरन्तरता दिएर आर्थिक उपार्जनमा लाग्ने सोच वनाएको छु, विक ले भनिन् । अनिता मात्र होईन तालिम लिएका स्थायिन विमला पण्डित, अनिता विक, विष्णु श्रेष्ठ, गंगा श्रेष्ठ, रोशनी वंशी ठकुरी, सन्ध्या रेग्मी, सिर्जना वाग्ले, विचमाया परियार पनि वरमाला पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमाला को पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार वनाउन जानेपछि खुशी भएका हुन् ।


उनिहरु मात्र होईन हर्कपुरका सुस्मिता परियार, सानुमाया थापा, शिवकुमारी राना, राममाया परियार, देवी परियार, निर्मला राना, फुलमाया परियार, मिनु परियारले पनि व्यवहारिक सिकाईले आफुहरुलाई र्हाैसला र मनोवल वढेको वताईन ।


सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाई शुरु भएको हो ।


म्याग्दे गाँउपालिकाको वडा नं ७ को हर्कपुरमा सिप सिकेर आत्मनिर्भर वनाउन स्थानिय १६ जना महिलालाई तालिम दिईएको हो । तालिममा घरेलु तथा साना उद्योगलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने अभिमुखीकरण कार्यक्रम पछि व्यवहारिक सिप सिकाईएको हो ।


८ दिन सम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमाला को पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार, दुवोमाला वनाउने तालिम प्रदान गरिएको म्याग्दे गाँउपालिकाका अधिकृत सातौ एवं मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।


आफुलाई आवश्यक परेको र प्रयोग गर्दे आएको सवै समानहरु आफैले नै वनाउन सक्ने भएपछि गंगा श्रेष्ठले पनि अव सिपलाई निरन्तरता दिने वताईन । दुवोको माला, फाईवरको माला आफैले वनाउन सक्ने भएका छौ, स्थानिय कार्यक्रममा वाहिर वाट किनेर ःल्याउने मालाहरु अव आफैले वनाउन सक्ने भएपछि खुशी लागेको छ । अव सिपलाई निरन्तरता दिने श्रेष्ठले वताए ।


सानो लगानीले पनि आम्दानी गर्न सकिन्छ भन्ने आशा पलाएको सहभागी विचमाया परियारले वताईन । क्रिस्टलको माला आफैले किनेर लगाउदै आएको थिए, अव सामाग्री किनरे आफै वनाएर लगाउँछु, परियारले भनिन् । तालिमले हामीलाई हौसला वढाएको छ । हामी जस्तो गृहणीको लागी यो सिप सिकाई आत्मनिर्भर वन्ने वाटो रहेछ, उनिले भनिन् ।
व्यवहारिक तालिममा सहभागीहरुलाई सोफिया खातुन र आवेदा खातुनले प्रशिक्षण दिएका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.