नेपाल सरकारको २०८० जेठ १५ गतेको नीति तथा कार्यक्रममा दुग्ध विकास र्बोड विघटन प्रति दशैभरका दुग्ध उत्पादक कृषकहरुको विरोध गरेका छन् ।

राष्ट्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्मरबहादुर कुँबर, नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रिय पशुपन्छी म.स संघ का अध्यक्ष टेक बहादुर थापा, नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष टेक बहादुर थापा, नेपाल भेटेरीनरी एशोसियसनका अध्यक्ष रामकृष्ण खतिवडा र नेपाल एनिमल साइन्स एशोसियसनका सदस्य डा लुमनिधि पाण्डेले विरोध जनाएका छन् । उनिहरुद्धारा सयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तीमा नेपालमा एक हजार ८ सय बहत्तर दुग्ध उत्पादक सहकारी संस्था रहेका, ६ लाख परिवारले दैनिक रोजगारी पाएका १२ लाख लिटर दुध उत्पादन गरी दैनिक ६ करोडको हाराहारीमा शहरको पुँजी गाउँ पु¥याउदै गरीव, विपन्न किसानहरुको आय आर्यजनमा टेवा पु¥याउने काम गरेको उल्लेख छ ।

यसै सम्बन्धमा शुक्रवार तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले व्यास–११ रानीगाउँको आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना ग¥यो । प्त्रकार सम्मेलनमा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले दुग्ध विकास बोर्ड खारेज हुनु विडम्बनाको विष्य भएको बताउदै तुरुन्त दुग्ध विकास बोर्डको स्थापना हुनुपर्ने माग राखे । बाईट त्यसै गरी तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका उपाध्यक्ष बोधराज अधिकारीले दुग्ध विकास बोर्ड किसानको र सहकारीको अभिभावक भएकोल यस्को पुन स्थापना हुनुपर्ने माग गरे । बाईट यदि माग पुरा नभएमा शान्तिपूर्ण रुपमा कडा आन्दोलनमा उत्रने पनि दुग्ध उत्पादकहरुले चेतावनी दिएका छन् ।








