भारत सरकारद्धारा दोर्दीलाई एम्बुलेन्स सहयोग पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकालाई भारतीय दूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत दोर्दीलाई एम्बुलेन्स सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको विषेश पहलमा उक्त एम्बुलेन्स दोर्दीलाई प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले भन्नुभयो, एम्बुलेन्स सहयोगको लागि भारत सरकार तथा भारतीय दुतावासलाई धन्यवाद दिन चाहन्छु । अब दोर्दीका स्थानीयलाई सहज र सर्वसुलभ तवरले एम्बुलेन्स सेवा प्रदान गर्ने उहाँको भनाई छ ।

, गरिब,असहाय तथा निमुखाहरुको लागि सहुलियत तवरले सेवा प्रदान गर्ने समेत उहाँले बताउनभुयो । अब दोर्दीमा एम्बुलेन्स सेवा शुरु भएपछि बिरामी, सुत्केरी महिला र अन्य बिरामीलाई नियमितरूपमा एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । पालिकामा एम्बुलेन्स संञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका छन् ।








