काठमाडौ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा युवा समाजसेवी तनहुँ घर भइ लामो समय देखि अष्ट्रेलिया बस्दै आएका दिनेशराज जोशीले उम्मेदवारी दिने तयारी गरेका छन । एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहदै आएका जोशी बर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पुर्ब अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन ।
तनहु समाज अष्ट्रेलिया का बरिस्ठ सल्लाहकार रहेका जोशी नेपाली काङेस जन सम्पर्क समिति अष्ट्रेलिया का सस्थापक पनि हुन। एन आर एन भित्र राजनिती गर्न हुदैन भन्ने मान्यता राख्ने जोशीले अहिले को एन आर एन अष्ट्रेलिया को निर्बाचन मा आफ्नो छुट्टै समूह लाई जिताउन महत्त्वपूर्ण भुमिका खेलेका थिए। उनले औपचारिक कुरा गर्दै उम्मेदवारी घोषणको तयारी गरेको बताएका छन । आफू कुनै पदमा नरहदा पनि समाजिक कार्यमा लागि परेको उनले बताएका छन । अन्तर्राष्ट्रिय समन्वय परिषद विभिन्न देशहरुको एनआरएनए प्रतिनिधि मण्डलहरुले प्रतिनिधित्व गर्ने साझ परिषद हो । जोशी नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन।







