लमजुङमा चाडपर्व लक्षित अनुगमन तिब्र

पहाडी जिल्ला लमजुङमा चाडपर्व लक्षित अनुगमन तिब्र बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालको नेतृत्वमा केहिदिन यता दैनिक जसो जिल्लाका विभिन्न बजारमा अनुगमन तिब्र बनाइएको हो । अनुगमनका क्रममा आज मंगलार जिल्लास्थित दोर्दी गाउँपालिका वडा नं. ४ नौथर शेरा बजारमा अनुगमन गरिएको छ । पर्यटन तथा पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाका अनुसार सो क्षेत्रका किराना पसल, औषधी पसल, फेन्सी, तरकारी, कस्मेटिक, मासु पसल लगायतका गरी १९ वटा पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा क्रममा ६ वटा पसल विना दर्ता भेटिएको उहाँको भनाई छ । त्यस्तै, अधिकांश पसलहरु नियमविपरित भेटिएको थियो । विभिन्न सामाग्री म्याद सकिएको इजाजत पत्र नभएको, होडिङ बोर्ड, विभिन्न आवश्यक कागजात समेत नभएको भेटिएको बताइएको छ । नियम विपरित पसल संञ्चालन गर्ने संचालकहरुलाई दुई हजारदेखि पाँच हजार रुपैयाँ समेत जरिवाना गरिएको छ । सो क्षेत्रका पसलहरुबाट जरिवाना स्वरुप २५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको थापाले बताउनुभयो । यहाँका विभिन्न पसलहरु नियमविपरित भेटिएको र आगामी दिनमा समेत यस्तो अवस्था फेला परेमा थप कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुयलले बताउनुभयो । यथासिघ्र कानुनभित्र रहेर पसल संचालन गर्न उहाँले ब्यवसायीहरुलाई निर्देशन दिनुभएको छ । पर्यटन तथा पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख थापाका अनुसार चाडपर्व लक्षित हालसम्म एक दर्जन पटक अनुगमन भइसकेको छ भने, हालसम्म १८२ वटा पसलको अनुगमन गरिसकेको छ । हालसम्म जरिवाना स्वरुप १ लाख ४१ हजार ९०० रुपैयाँ राजस्व संकलन भएको उहाँको भनाई छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.