दमौली वजार ईकाईको कोषाध्यक्षमा हर्षमान श्रेष्ठ (साईराम) उम्मेदवार वन्ने ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली वजार ईकाईको कोषाध्यक्षमा व्यवसायी हर्षमान श्रेष्ठ (साईराम) उम्मेदवार वन्ने भएका छन् ।
यहि पुस २१ र २२ गते हुने ईकाईको १२ औ अधिवेशनमा श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको वताए । धेरै व्यवसायी साथीहरुसँगको छलफल पछि कोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको वताए ।
अहिलेको संकटको अवस्थामा व्यवसायीको पीडा आफुले वुझेको भन्दै श्रेष्ठले ईकाईको कोषाध्यक्षमा आएर व्यवसाीको हितमा काम गर्ने चाहना व्यक्त गरे । श्रेष्ठले विगत २३ वर्ष देखि दमौली वजारमा विभिन्न पेय पदार्थको व्यवसाय गर्दे आएका छन् ।
सम्पुर्ण व्यवसायीको साथ र सहयोग आफुले प्राप्त गर्ने कोषाध्यक्षका उम्मेदवार श्रेष्ठले वताए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.