वित्तिय सुशासन जोखिम (FRA) मा म्याग्दे गाँउपालिका जिल्लामा नै प्रथम


स्थानिय तह वित्तिय जोखिम मुल्याङन २०७७ अनुसार आ.व. ०७९।०८० को वित्तिय जोखिम मुल्यांकनको जिल्ला समन्वय समिती तनहुँले सार्वजनिक गरेको हालसम्मको नतिजामा म्याग्दे गाँउपालिका जिल्लामा नै प्रथम भएको छ भने ५ वटा स्थानिय तहको नतिजा सार्वजनिक हुन वाकी नै छ ।
जसमा म्याग्दे गाँउपालिकाले योजना वजेट तथा कार्यक्रम व्यवस्थापनमा ९५.२५ प्रतिशत, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा ६८.९७ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ९४.१२ प्रतिशत, अनुगमन मुल्याङ्कन तथा लेखापरिक्षणमा ७५ प्रतिशत र राजश्व व्यवस्थापनमा ७६.४७ अंक प्राप्त गरेको छ ।


स्थानिय तहको वित्तिय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी वनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिम क्षेत्रहरुको पहिचान गरि यसको लेखाजोखाको माध्यामवाट स्थानीय तहको वित्तिय सुशासन लाई संस्थागत गर्न स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ८० को व्यवस्थापन गरेको छ ।
यसअघि म्याग्दे गाँउपालिका स्थानिय तह सस्थागत स्वमुल्याङ्कनमा गण्डकीमा नै पहिलो भएको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.