बाह्मण समाज म्याग्दे–३ को साधरण सभा सम्पन्न

ब्राह्मण समाज नेपाल म्याग्दे गा.पा.–३ को दोश्रो साधारणसभा सम्पन्न भएको छ ।

सभाको प्रमुख अतिथी समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे रहनु भएको थियो । सभाको उद्घाटन गर्दै पाण्डेले अनुशासित भएर एक अर्काको सुख दुःखमा साथ दिनु पने बताउनुभयो ।

साथै उहाँले समाजको हितको लागि सबै जातजाति सँग हातेमालो गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । बिशिष्ट अतिथी समाजका पूर्व जिल्ला अध्यक्ष डा.लक्ष्मीकान्त चापागाईं, जिल्ला कोषाध्यक्ष गंगा प्रसाद पोख्रेल जिल्ला सदस्य रामकृष्ण पौडेल म्याग्दे नगर समितिका अध्यक्ष बोधराज वाग्ले लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सत्यदेवी पण्डितले गर्नु भएको थियो भने कार्यक्रममा आजीवन सदस्यको प्रमाण पत्र बितरण गरिएको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.