व्यास गुफा परिसरमा रुद्धयाग् (यज्ञ) शुरु


व्यास नगरपालिका वडा नं ३ स्थित व्यास गुफा परिसरमा रुद्धयाग् (यज्ञ) शुरु भएको छ । वैद्धिक पुरोहित समाज तनहुँको आयोजनमा शुरु भएको रुद्धायण यज्ञको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले पुजा गरि रुद्धयाग् (यज्ञ) को शुभारम्भ गरे ।


माघ २९ गते सम्म चल्ने सो रुद्धयाग् (यज्ञ) को समुदघाटनमा वोल्दै प्रमुख अतिथी न्यौपानेले यस्ता कार्यक्रमले व्यास क्षेत्रको प्रचारप्रसार र महत्व वढाउन सहयोग पुग्ने वताए । धार्मिक यस्ता कार्यक्रमले समाजिक एकता र विश्वास वढाउने हुदाँ धर्म र संस्कृतिको जगेर्नाका लागी गरिएको कर्ममा व्यास नगरपालिकाको सदैव, साथ र सहयोग रहने न्यौपानेले वताए ।


वैद्धिक पुरोहित समाज तनहुँका अध्यक्ष शास्ती तुलसीराम पौडेल उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा ब्राह्मण समाजका केन्द्रिय सदस्य विश्व सुवेदी, शान्ति स्वरुपानन्द दामोदर वावा, वेदानुयाय प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष पण्डित कृष्णकान्त काफले, व्यासका अध्येता काशीनाथ न्यौपानेले यज्ञले व्यास क्षेत्रमा भएको कार्यक्रमले समाजिक सद्भाव र शान्ति कायम हुने, व्यास क्षेत्रको विकास र प्रचार प्रसार हुने धारणा व्यक्त गरेका थिए ।


सो यज्ञमा ११ जना पेरोहितद्धारा पाठ, २२ जना पुरोहितद्धारा हवन, एकजना पुरोहितले जप, १ जनाले स्वाहाकार गरि ३५ जना पुरोहितहरु यज्ञमा सहभागि हुनेछन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.