म्याग्देले एकिकृत घुम्ति शिविर संचालन गर्ने


म्याग्दे गाँउपालिकाले यहि असोज ६ गते देखि कार्तिक ९ गते सम्म एकिकृत घुम्ति शिविर गर्ने भएको छ । पालिका अन्तरगत रहेको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुरयाउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो ।
असोज ६ गते देखि शुरु हुने एकिकृत घुम्ति शिविर वडा नं १ को वाख्रे गुरुङ्क सामुदायिक भवनवाट शुरु हुनेछ भने असोज ७ गते मान्हौ वरच्याङ र गुणादीको वडा नं १ को कार्यलय भवन मा हुनेछ । त्यसैगरि असोज ८ गते गुञ्जरा डुण्डाँडा र पाटेचौमा हुनेछ भे असोज ९ गते झिमिरे थोक र निर्वल वस्तीको ट्रि हाउस र पिपलडिहि सामुदायिक भवनमा हुनेछ ।


यसैगरि असोज १० गते रविचन्द्र प्रा.वि किलचोकमा हुनेछ भने १३ गते कोलडाँडा स्वास्थ्य भवन र गैह्रा गणेश माविमा हुनेछ । असोज १४ गते छम्लिस्वाराँ कालिका मोई समुहको भवनमा हुनेछ भने साउनेपानी र वोटेनीटारमा सोज १६ गते शिविर संचालन हुनेछ ।
असोज २० गते वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र भवनमा हुनेछ भने असोज २१ गते तिल्याटार सामुदायिक भवनमा हुनेछ । त्यसैगरि कार्तिक ८ गते सर्वलाङ्क, रत्न मावि मनपाङ्ग र तिलाहारमा हुने शिविर कार्तिक ९ गते गाँउश्वारा र अकला सामुदायिक भवनमा सेवा दिएपाश्चात समापन हुनेछ ।
स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन कयान्सर परिक्षण सेवा दिईनेछ भने कृषित र्फ उन्नत जात विउ विजन वितरण, ििभन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईनेछ ।


यसैगरि पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईनेछ भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईने पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.