व्यास–५, कण्टार
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधीसभा का सदस्य पदका उम्मेदवार किरण गुरुङले नेकपा (एमाले) ले मात्र देशको राष्ट्रियता जोगाउन सक्ने वताउनुभएको छ । शेरवहादुर देउवा पुन प्रधानमन्त्री वन्ने दाउवाहेक देश र जनताको हित गर्न सक्दैन । किनकी देशमा शेरवहादुर को प्रधानमन्त्रीत्व कालमा देश र जनताले कुनै पनि जनमुखी र राष्ट्रवादका काम गर्न नसकेको हुदाँ नेकपा (एमाले) मात्र देशको पक्षमा काम गर्ने पार्टी भएको वताए ।
नेकपा (एमाले) व्यास ५ वडा कमिटीद्धारा आयोजित वडास्तरी वृहत प्रशिक्षण कार्यक्रममा गुरुङले सो कुरा वताउनुभएको हो । म पटक पटक सासंद भएको छैन, भएको वेलामा सधै जनताको काम गरेको छु, यस वीचमा अन्य साथीहरु चुनाव लड्नुभयो । त्यसैले सधै एउटै व्यक्तिको आरोपमा सत्यता छैन, गुरुङले वताउनुभयो ।

अहिले हाम्रो चुनाव क्षेत्रमा पाहुना उम्मेदवार आउनुभएको छ । वहाँ क्षेत्र नं १ मा उम्मेदवार हुन पाए २ नं मा आउनुहुन्थेन, पाहुना उम्मेदवारले हाम्रो क्षेत्रको विकास गर्न सक्दैन । भोलि अवसर पाए अर्को क्षेत्रमा जान्छन् अतः त्यस्ता व्यक्तिलाई विश्वास गर्न जनताले सक्दैनन्, गुरुङले वताए । चुनावको मुखमा आएर युवा क्लव, आमा समुहलाई प्रलोभन देखाएर चुनाव जितिदैन, विकास निर्माण मैले मेरो क्षेत्रमा धेरै विकास गरेको छु । अहिलेको आवश्यकता नै नेकपा (एमाले) को जीत र देशको रक्षा हो, गुरुङले वताउनुभयो ।

यसैगरि नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं तनहुँ ईन्चार्ज टुकराज सिग्देलले ओली सरकारको पालामा भएको काम र अहिलेको सरकारको कामलाई तुलना गर्न आग्रह गरे । यथार्थमा उभिएर सरकारको समिक्षा गरौ, फरक पाउनुहुनेछ । देशको अवको लक्ष्य भनेको समृद्ध नेपाल सुखी नेपाली हो, त्यो नेकपा एमालेले मात्र पुरा गर्न सक्छ, सिग्देलले वताउनुभयो ।

यसैगरि तनहुँ क्षेत्र नं २ क का उम्मेदवार श्यामराजा महतले विकास र समृद्धका लागी नेकपा (एमाले) लाई जिताउन आग्रह गरे । सधै उहि भन्ने हुदैन, कामका आधारमा गुण र दोष छुट्टयाउनुहोस, महतले भने ।
वडा कमिटीको अध्यक्ष राजकुमार श्रेष्ठ को अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिपराज अधिकारी लगायतले सम्वोधन गरेको थिए ।









