रिसिङको झापुटारवाट एमालेको घरदैलो अभियान शुरु (फोटोफिचर)

रिसिङ गाँउपालिका वडा नं १, झापुटार

मंसिर ४ को आम निर्वाचन नजिकिएसँगै नेकपा (एमाले) तनहुँ क्षेत्र नं २ को घरदैलो अभियान शुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिकासँगे नेकपा (एमाले) ले जनतासँगको घरदैलो कार्यक्रम तिव्रतासँग अगाडी वढाएको छ । नेकपा (एमाले) तनहुँ क्षेत्र नं २ का प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङ्ग र प्रदेश क्षेत्र (ख) का उम्मेदवार केदार सिग्देलले रिसिङ गाँउपालिका वडा नं १ को झापुटारवाट घरदैलो अभियान शुरु गरेका हुन् ।


सम्वन्धित वडा कमिटीको अगुवाईमा शुरु गरिएको घरदैलो अभियानमा उम्मेदवारद्धयले आफनो चुनावी घोषणापत्र र विकास निर्माणको अभियानको वारेमा जनतालाई आस्वास्त तुल्याएका थिए । नेकपा एमाले नै देशको परिवर्तनका मुख्य शक्ति भएको हुदाँ सुर्य चिन्हमा मतदान गरि विकास निर्माणमा अगुवाई गर्न तनहुँ क्षेत्र नं २ का प्रतिनिधीसभाका उम्मेदवार किरण गुरुङ्ग र प्रदेश क्षेत्र (ख) का उम्मेदवार केदार सिग्देलले जनतामाझ आग्रह गर्नुभएको थियो ।


अभियानमा नेकपा (एमाले) जिल्ला कमिटीका नेता, पालिकास्तरका नेता, वडाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यसैगरि ऋषिङ १ को डाँडाखुदी, ग्रैहखुदी र सेटाङ्गमा समेत जनतासँग घरदैलो अभियान रहेको निर्वाचन क्षेत्रिय कमिटीले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.