प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्देललाट आव.०७५।०७८ सम्म स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित वजेटहरु

प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्देलले स्थानिय पुर्वाधार साझेदारी कार्यक्रमवाट आर्थिक वर्ष ०७५।०७८ मा विभिन्न विकास निर्माणमा वजेट विनियोजन गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २(ख) वाट उम्मेदवार समेत हुनुभएको केदार सिग्देल सादा जीवन उच्च विचार, वर्गिय चिन्तक, स्पष्ट दृष्टिकोण र सरल व्यक्तिको रुपमा चिनिनुहुन्छ ।
गएको प्रतिनिधीसभाको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार शंकर भण्डारीलाई पराजित गरेर प्रतिनिधीसभा सदस्य वन्नुभएको केदार सिग्देलले क्षेत्रका विभिन्न ठाँउहरुमा विकास निर्माणमा वजेट विनियोजन गर्नुभएको थियो । जसमा घिरिङ्ग गाँउपालिकामा ०७५।०७८ आर्थिक वर्षमा भीरकोट लिफटिङ्ग खानेपानी योजनामा १५ लाख, घयाछाप पुट्टार मोगर मार्ग, स्तरोन्नती तथा नाला निर्माणमा ६० लाख, घुमाउने ताल पहुँचमार्ग निर्माणमा ४५ लाख, पशुपति मोटरमार्ग स्तरवृद्धिमा १५ लाख, गोसाईकुण्ड–वनडाँडा मोटरमार्ग विस्तार तथा स्तरवृद्धिमा १० लाख, करुवाटार सिंचाई योजनामा १० लाख विनियोजन गर्नुभएको थियो ।
यसैगरि पुतगाँउ खानेपानी योजना सुविधा विस्तारमा १० लाख, पुट्टार ढाप खोल्सी खानेपानी योजनामा १५ लाख, राधाकृष्ण मोटरमार्ग (गोफा–देउराली–डुम्रेवेशी) स्तरोन्नतीका लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारमा १५ लाख, नयाँटार गावुडाँडा स्तरोन्नतीमा १० लाख, वनडाँडा खानेपानी योजना तथा सुविधा विस्तारमा १० लाख वजेट विनियोजन गर्नुभएको थियो ।
यसैगरि रिसिङ गाँउपालिकामा भापुटार–धवला मोटरमार्ग निर्माणमा १५ लाख, महेन्द्रोय मावि अधुरो भवन निर्माणमा १५ लाख, सुडे–सोलुङ मोटरमार्ग निर्माणमा १५ लाख, लम्फेस सामुदायिक भवन निर्माणमा १० लाख, कृष्ण मोटरमार्ग निर्माण (पल्टयाङ भैसिखिले टुटुवा किलचोक) मा १५ लाख, सिद्ध मोटरमार्ग स्तरवृद्धि तथा नाली निर्माणमा ५० लाख, दिपक आधारभुत विद्यालय अधुरो रहेको भवन निर्माण कार्य सम्पन्न गर्न १० लाख, सोलुङ–सुडे मोटरामर्ग ट्रयाक खोल्ने योजनाका लागी १० लाख ६० हजार, धारुङ भन्ज्याङ–गोर्दी मोटरमार्ग विस्तार तथा स्तरोन्नतीका लागी १० लाख विनियोजन गर्नभएको थियो ।
त्यस्तै रिसिङमा नै भिरकोट दलित सामुदायिक भवन निर्माण योजनामा १० लाख, झापुटार–धवाला–ग्वासलुङ–धनुवास मोटरमार्ग स्तरोन्नतिमा १५ लाख, गोठादी सामुदायिक भवन निर्माणमा १० लाख, सिसेराखोला खानेपानी योजना स्तरवृद्धिका लागी १० लाख, श्रृङ मावि गोठादीको तला थप गर्ने योजनामा १० लाख र शिव सरास्वती मावि मा प्राविधिक शिक्षा संचालनका लागी २५ लाख विनियोजन गर्नुभएको थियो ।
यस्तै गरि भिमाद नगरपालिकामा किहुँ मोटरमार्ग कालोपत्रका लागी ७० लाख, जनज्योति क्याम्पस भवन निर्माणमा १० लाख, किहुँ मार्ग कालोपत्रे योजनामा ८० लाख, भिमगोफा मोटरामर्ग स्तरोन्नतीमा १० लाख, धर्म मावि भौतिक पुर्वाधार निर्माणमा १० लाख, मसरडाँडा मोटरमार्ग स्तरोन्नतीका लागी १० लाख, रिट्टा भन्ज्याङ–जरेवर मोटरमार्ग स्तरोन्नतीका लागी १० लाख,, ठकुरी समाज भवन निर्माणका लागी १० लाख, उत्तर दक्षिण मोटरमार्गको छाव्दी वाराही मन्दिरदेखि सिगंरभन्ज्याङ खण्ड स्तरवृद्धि तथा फाँचेथर–कोटथर पर्यटकीय पैदलमार्ग निर्माणका लागी १५ लाख, लोकतान्त्रिक स्तरोन्नती जलौदीदेखि सुनाकोटसम्म १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तार ऋषिङपाटन का लागी १५ लाख, नेवाः खल भवन निर्माण र जनज्योति माविको क्यान्टिनमा छाना हाल्ने योजनामा ११ लाख ४० हजार, भिमदेउराली मोटरमार्ग स्तरोन्नतीका लागी १० लाख, वालज्योति आधारभुत विद्यालयको तला थप गर्ने योजनका लागी १० लाख विनियोजन गर्नुभएको थियो ।
त्यस्तै शुक्लागण्डक िनगरपालिका अन्र्तगत कृति रजस्थल मोटरमार्ग स्तरोन्नती ३० लाख, ढोरवाराही मनिदर पैदलमार्ग सिडी, रेलिङ र शौचालय निर्माणका लागी २० लाख, शान्तिनगर मोगरमार्ग निर्माण एवं स्तरवृद्धिमा १० लाख, वनौकौरी मोटरमार्ग स्तरोन्नती तथा नाली निर्माण ५० लाख, थप्रेक भ्युटावर निर्माणमा १५ लाख, आधारभुत मावि कम्पाउण्ड निर्माणमा १५ लाख, तिनखोलेदेवी मोटरमार्गमा १० लाख, मदनआश्रित मोटरमार्ग सुधार योजनामा १० लाख, जनसेवा मोटरमार्ग ट्रयाक निर्माण र सुधार योजनामा १० लाख, दृष्टिविहिनहरुको लागि कम्पयुटर तालिम केन्द्र स्थापनाका लागी १० लाख, काप्रेक खेल मैदान निर्माण थप्रेक तथा मुस्लिम सामुदायिक भवन निर्माण भ्याकुतेका लागी १५ लाख, आर्दशटोल सामुदायिक भवनको कम्पाउण्डवाल तथा पार्क निर्माणमा १० लाख, भुगु त्रिवेणीधाम शवदाय स्थल निर्माण तथा सुधारका लागी १० लाख, दुलेगौडा नयाापुलदेखि लालिम जाने मागेटरमार्ग स्तरोन्नतीका लागी २० लाख, कुमाल सामुदायिक भवन निर्माणका लागी १० लाख र राईपुरकोट कालिका पर्यटन पुर्वाधार विकास कार्यक्रममा १० लाख विनियोजन गर्नुभएको थियो ।
यस्तै म्याग्दे गाँउपालिका अन्तर्गत दिर्वु जानेवाटो गुणादी खोलाम कजवे निर्माणमा १५ लाख, धयरे किल्चोक मोटरमार्ग कालोपत्रेमा २० लाख, तिलाहाटार सामुदायिक अधुरो भवन निर्माणमा १० लाख, म्याग्दे खोलामा मोटरवेल पुल (मालेवगर–मल्याङ–साउनेपानीमा २० लाख, वडहरे काफलथोक–पाटेचौर–भैसीखर्क–सिहाले–रानीटारी मोटरमार्गमा ७० लाख, छविसे–वेलौते–राहुलडाँडा–मानिश्वँरा–धोविखोलामार्गमा १४ लाख, मालेवगर–मस्याङ सडकमा पुल निर्माणमा १० लाख, उत्तरी रिङरोड विस्तार योजनामा १० लाख, उत्तरी रिङरोड विस्तारमा १० लाख, पान्धारे पर्यटन क्षेत्र भौतिक पुर्वाधार विकासमा १० लाख, थर्पु खानेपानी योजनाको सुविधा विस्तारमा १० लाख, वरचौर खानेपानी निर्माण तथा सुधार योजनामा १५ लाख, निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङा खेलमैदान निर्माण छाङदीटारमा १० लाख, जौखोला धैरेनी मोटरमार्गको छिर्दी दोभानमा कल्भर्ट कजवे निर्माणमा १० लाख, जनसहयोगी मोटरमार्ग स्तरोन्नतीमा १५ लाख विनियोजन गर्नुभएको थियो ।
यसैगरि व्यास नगरपालिकाको वडा नं ५ र ६ भित्र गुणादी खोला कजवे निर्माण (व्यास–५ र म्याग्दे १ जोड्ने) १५ लाख, शेरा कुमालगाँउ सडक स्तरोन्नतिमा १० लाख, वरवोटे सामुदायिक अधुरो भवन सम्पन्नका लागी १० लाख, योग हरियाली मोटरमार्ग स्तरोन्नतीमा १० लाख, ईन्दु मावि कम्पाउण्ड निर्माणका लागि १० लाख, शिशाघाट फुटवल खेलमैदान निर्माणमा १० लाख, सामुदायिक भवन निर्माण ठुलोटार १० लाख, शुक्र आधारभुत विद्यालय कम्पाउण्डवाल निर्माणमा १० लाख, राष्ट्रिय परोपकार महासंघ तनहुँको जेष्ठ नागरिक चौतारी भवनको ट्रसहल निर्माणमा १० लाख, दुवुङ चण्डीदेवी गुठी सामुदायिक भवनको तला थप्ने तथा शौचालय निर्माणका लागी १० लाख, शिशाघाट वजारको सिम्लेदेखि मादीनदि पुलसम्मको सडक कालोपत्रे गर्ने योजनमा ३० लाख वजेट विनियोजन गर्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.