न्यायमुर्ति मतदाताहरू समक्ष तनहुँ २, (ख) का उम्मेदवार केदार सिग्देलकाे अपील !

तनहुँ जिल्ला क्षेत्र नं. २ (ख)

आदरणीय मतदाता बुबा-आमा, दाजु-भाइ तथा दिदी-बहिनीहरू !

राजनीति राष्ट्र र जनताकाे सर्वाङ्गीण हितका खातिर आस्था, विश्वास र निष्ठापूर्वक जनसेवामा समर्पित हुनु हाे भन्ने मान्यतामा अविचलित रही पाँच वर्षकाे संसदीय जिम्मेवारीसहित ४५ वर्षसम्म सक्रियताका साथ क्रियाशील रहँदा एक दशक जस्ताे पनि लागेकाे छैन । त्यसैले हाेला क. मदन भण्डारीले “राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन” भन्नुभएको । मलाई कुनै बनावटी कुरा गर्नु छैन र जान्दिन पनि । व्यक्तिगत स्वार्थकाे प्रलोभनमा परी वा सबैकाे जाती हुने नाममा असल प्रवृत्ति दुरूत्साहित र गलत प्रवृत्ति प्राेत्साहित हुन्छ भन्ने जान्दाजान्दै वा पीडितले न्यायकाे हक गुमाउने अवस्थामा माैनता साँध्नु गम्भीर सामाजिक अपराधमा संलग्न हुनु बराबर हाे भन्ने मेराे ठम्याइ छ । मलाई पढ्ने, जान्ने र बुझ्ने तपाईंहरूभन्दा भिन्न अर्काे काेही विद्वान् छैन । तपाईंहरूकाे दु:खसुख, आँसुहाँसाेभन्दा पर मेराे कुनै संसार छैन । राष्ट्रिय स्वतन्त्रता ,स्वाभिमान र जनसेवाभन्दा अर्को कुनै सपना पनि ममा छैन । हाे,तपाईंहरूले सुन्नु र भाेग्नु भएकाे पनि हाेला, राजनीतिजस्ताे सेवाकाे पवित्र क्षेत्र धनवाद र डनवादकाे त्रासबाट प्रताडीत बनेकाे छ तर यी सब क्षणिक हुन । जनताकाे अजेय शक्तिका अगाडि सकथाेक निस्तेज बन्नु अवश्यमभावी छ ।खाँचाे केवल इमान्दारिता र आत्मविश्वासकाे हाे ।

न्यायमूर्ति मतदाताहरू !

तपाईंहरूकाे भाेट तपाईं स्वयंकाे हितकाे लागि मात्र हाेइन, सन्ततिहरूकाे समृद्धि र उज्ज्वल भविष्य निर्माणकाे रामवाणरूपी साधन र राजनीतिलाई दुर्गन्धित पारी धुर्तहरूकाे व्यक्तिगत तुष्टि पूरा गर्ने कुटिल चाललाई समूल नष्ट गर्ने अचुक हतियार पनि हाे । निर्वाचन क्षेत्र विशेषकाे आर्थिक , सामाजिक, भाैगाेलिक, प्राकृतिक तथा वातावरणीय परिवेशका बारेमा यथार्थ जानकारी राख्ने थाेरै व्यक्तिहरूमध्ये एक हुँ भन्ने मराे भनाइमा सायद यहाँहरूकाे विमति छैन । कानुन र राजनीतिशास्त्रकाे विद्यार्थी व्यावहारिक विज्ञानमा समेत अभ्यस्त हुँदा आर्जित ज्ञान र अनुभव अर्थात् परिवेश र मनाेविज्ञानकाे प्रतिनिधित्व गर्दै नीतिनिर्माण एवं विकास व्यवस्थापनलाई वस्तुगत र धरातलीय यथार्थमा आधारित बनाउने दृढ प्रतिज्ञा र इच्छाशक्ति तथा उच्च मनाेबलका साथ गण्डकी प्रदेश सभा, तनहुँ जिल्ला क्षेत्र नं. २ (ख) काे सदस्यकाे उम्मेदवारको रूपमा तपाईंहरूकाे काखमा आएकाे छु। यसअघि यहाँहरूले प्रदान गर्नुभएकाे अमूल्य मतकाे लागि पुन:उच्च सम्मानसहित हार्दिक आभार व्यक्त गर्दछु । अत: म पनि एक साधारण नागरिक हुँ, अनजानमा मानवीय कमजोरी हुन सक्छ तर घात र बेइमानी कदापि गर्दिन भन्ने दृढ सङ्कल्पका साथ थप विश्वाससहित सूर्य चिन्हमा तपाईंहरूकाे अमूल्य मतका लागि सादर अपील गर्दछु। ?? !!!

केदार सिग्देल

गण्डकी प्रदेश सभा, तनहुँ जिल्ला क्षेत्र नं. २ (ख) काे उम्मेदवार

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.